Tuesday 28th July 2026
११ सय घट्यो सुनको मूल्य
काठमाडौं- सुनको मूल्य बिहीबार तोलामा एक हजार एक सय रुपैयाँले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन बुधबार प्रतितोला एक लाख ५३ हजार रुपैयाँमा कारोबार भएकाेमा बिहीबारका लागि एक लाख ५१ हजार नौ सय रुपैयाँ निर्धारण भएको छ । बुधबार तोलामा १ हजार ८ सय ३५ रूपैयाँमा कारोवार भएको चाँदी आज
टिकटकमाथिको प्रतिबन्ध आजदेखि हट्दै
काठमाडौं । सरकारले सामाजिक सद्भाव भड्काउने र अश्लिल गतिविधिहरु बढेको भन्दै १० महिनाअघि सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिबन्ध आजदेखि हटाउने तयारी गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय गर्दै मन्त्रीपरिषद्मा पठाएको र आज बस्ने मन्त्रिपरिषद् बैठकले पारित गर्ने शूत्रले बताएको छ । सरकारलाई पटक–पटक प्रतिबन्ध हटाइदिन लिखित रूपमै आग्रह गर्दै
आज रोपाइँ जात्रा मनाइँदै
खाँदबारी। साँस्कृतिक महत्वको रोपाई जात्रा बुधबार हिमाली जिल्ला संखुवासभाको सदरमुकाम खाँदबारी र चैनपुरमा विशेष उत्सवका रुपमा मनाइएको छ । प्रत्येक वर्ष गाईजात्राको भोलिपल्ट निकालिने रोपाई जात्रा विशेष उत्सवका रुपमा मनाइन्छ । रोपाई जात्रा विशेष गरि जिल्लाको खाँदबारी, चैनपुर र पाँचखपनको वाना बजारमा नेवार समुदायले आफ्नो परम्परा अनुसार बाजागाजा, सांस्कृतिक झाकी सहित रोपाई जात्रा निकालेका थिए ।
खराब मौसमका कारण उडान प्रभावित
काठमाडौँ। प्रतिकूल मौसमका कारण मुलुकभरका विमानस्थलमा उडान प्रभावित भएको छ । खराब मौसम तथा कम भिजिबिलिटीका कारण आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार निरन्तरको वर्षाले केही उडान प्रभावित भएका छन् । मौसम खराब रहेकाले भिजिबिलिटी कमजोर हुँदा पोखरामा उडान स्थगित गरिएको छभने, जनकपुर
बाग्मतीमा जलसतहले पार गर्यो सतर्कता तहः नदी करिडोरमा बाढीको जोखिम
काठमाडौँ । निरन्तरको वर्षाले बाग्मती नदी गौरीघाट जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ । आज बिहानको मापन अनुसार जलसतह बढ्दो क्रममा रहेकाले तटीय क्षेत्र र बाग्मती कोरिडोर भई यात्रा गर्दा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । काठमाडौंमा गएरातिदेखि नै वर्षा भइरहेको छ । धोवी खोला र विष्णमतीमा पनि बाढी
सुनचाँदीको मूल्य बढ्यो
काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य ८ सय रुपैयाँले बढेर तोलामा १ लाख ५३ हजार रूपैयाँ कायम भएको हो । मंगलबार सुनको मूल्य तोलामा १ लाख ५२ हजार २०० रुपैयाँ कायम भएको थियो। यस्तै आज चाँदीको मूल्य पनि बढेको
आज परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा : उपत्यकाका जिल्लामा सार्वजनिक बिदा
काठमाडौं ।काठमाडौं । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ मंगलबार देशभर आरम्भ गरिँदैछ । मृत्यू भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान दिने चलन छ। यसरी नगरपरिक्रमा गर्नाले
आज विश्व फोटोग्राफी दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइँदै
काठमाडौं । आज ‘विश्व फोटोग्राफी दिवस’ नेपालमा पनि मनाइएको छ । सन् १८३९ अगष्ट १९ मा फ्रान्स सरकारले फोटोग्राफी विधालाई पहिलोपटक मान्यता दिएको थियो । प्रत्येक वर्ष अगस्ट १९ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । १ सय ८५ औँ विश्व फोटोग्राफी दिवस भएपनि नेपालमा भने सन् २०१० बाट मात्रै औपचारिक रुपमा यो दिवस मनाउन
ललितपुरको कुम्भेश्वरमा जनैपूर्णिको मेला
ललितपुर– साउन शुक्ल पूर्णिमा अर्थात् जनैपूर्णिमाका दिन ललितपुर पाटनको कुम्भेश्वरमा भव्य मेला लागिरहेको छ । कुम्भेश्वरमा गोसाइँकुण्डबाट जल आउँछ भन्ने मान्यता रहेकाले आज सो स्थानमा स्नानका साथै महादेवको आराधना गर्न ठूलो भिड लाग्ने गर्छ । कुम्भेश्वरमा गोसाइँकुण्डबाट जल आउँछ भन्ने मान्यता रहेकाले सो स्थानमा स्नानका साथै महादेवको आराधना गर्न ठूलो सङ्ख्यामा दर्शनार्थीको घुईचो लागेको छ ।
राष्ट्रपति र प्रधानमन्त्रीले बाँधे रक्षाबन्धन
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीले रक्षाबन्धन बाँधेका छन् । उनीहरूले सोमबार जनै पूर्णिमाको दिन रक्षाबन्धन बाँधेका हुन् । राष्ट्रपति पौडेलले शीतल निवासमा पण्डित अर्जुनप्रसाद न्यौपानेको हातबाट रक्षाबन्धन बाँधेको सचिवालयले जनाएको छ । त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि रक्षाबन्धन ग्रहण गरेका छन् । उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारस्थित कार्यालयमै
शाकाहारी अनमोल केसी
अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...
सामान्य ज्ञान
...
साई अवतार नेपालमा
साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...
धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )
१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...
आहार योग
आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि) आहार योग पनि योगको नै...
