Sunday 19th April 2026
आज रोपाइँ जात्रा मनाइँदै
खाँदबारी। साँस्कृतिक महत्वको रोपाई जात्रा बुधबार हिमाली जिल्ला संखुवासभाको सदरमुकाम खाँदबारी र चैनपुरमा विशेष उत्सवका रुपमा मनाइएको छ । प्रत्येक वर्ष गाईजात्राको भोलिपल्ट निकालिने रोपाई जात्रा विशेष उत्सवका रुपमा मनाइन्छ । रोपाई जात्रा विशेष गरि जिल्लाको खाँदबारी, चैनपुर र पाँचखपनको वाना बजारमा नेवार समुदायले आफ्नो परम्परा अनुसार बाजागाजा, सांस्कृतिक झाकी सहित रोपाई जात्रा निकालेका थिए ।
चैनपुरका युवाहरुले रामायण मार्फत मृतकका परिवारका गुनगान गाएर बजार परिक्रमा गरेका छन्। जात्रा हेर्न गाँउगाउँबाट मानिसहरु आइरहेकाले सदरमुकाम खाँदबारी, चैनपुर, वाना लगायतका बजारमा निकै चहलपहल बढेको छ।
स्थानीय नेवार समुदायले गाईजात्राको भोलिपल्ट रोपाई जात्रा पनि विशेष उत्सवका रुपमा मनाउने गर्छन्। संखुवासभामा हरेक वर्ष नागपञ्चमीदेखि शुरु हुने लाखे जात्रा कृष्ण अष्टमीका दिनसम्म मनाईन्छ।
शाकाहारी अनमोल केसी
अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...
सामान्य ज्ञान
...
साई अवतार नेपालमा
साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...
धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )
१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...
आहार योग
आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि) आहार योग पनि योगको नै...
