Wednesday 29th July 2026
तबलावादक उस्ताद जाकिर हुसैनको निधन
भारत । विश्व प्रसिद्ध तबलावादक तथा पद्मविभूषण उस्ताद जाकिर हुसैनको निधन भएको छ । उनको परिवारले सोमबार बिहान यसको पुष्टि गरेको हो ।परिवारका अनुसार उनी पछिल्लो दुई सातादेखि सान फ्रान्सिस्कोको अस्पतालमा भर्ना थिए । उनको अवस्था बिग्रिएपछि उनलाई आईसीयूमा भर्ना गरिएको थियो । हुसैन इडियोप्याथिक पल्मोनरी फाइब्रोसिसबाट पीडित थिए।जाकिरको जन्म ९ मार्च १९५१ मा मुम्बईमा भएको
पेट्रोलको मूल्य २ रुपैयाँले बढ्यो
काठमाडौँ । नेपाल आयल निगमले सोमबारदेखी पेट्रोलको मूल्य बढाएको छ । निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ बढेको हो । यस्तै डिजेल र मट्टितेलको मूल्य भने प्रतिलिटर २ रुपैयाँले घटेको छ । योसँगै आइतबार भएको निगम सञ्चालक समितिको निर्णयअनुसार आजदेखि काठमाडौँ, पोखरा र दीपायल डिपो अन्तर्गतका पेट्रोल पम्पमा पेट्रोल हाल्दा प्रतिलिटर १६२ रुपैयाँ तिर्नुपर्छ
नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम र कर्णाली भिड्दै
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज सुदूरपश्चिम रोयल्स र कर्णाली याक्स भिड्दै छन् । खेल बिहान ९ बजेबाट त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरू हुनेछ । आजको खेलको नतिजासँगै प्लेअफ पुग्ने अन्तिम टोलीको टुंगो लाग्ने छ । सुदूरपश्चिम, जनकपुर बोल्ट्स र चितवन राईनोज प्लेअफमा पुगिसकेका छन् । कर्णाली र काठमाडौं गुर्खाज प्लेअफ होडमा छन्
मौसम पूर्वानुमान महाशाखाको वेबसाइट ह्याक
काठमाडौं । काठमाडौँ । मौसमसम्बन्धी जानकारी दिने मौसम पूर्वानुमान महाशाखाको वेबसाइट ह्याक भएको छ । सोमबार बिहान वेबसाइट खोल्ने प्रयास गर्दा वेबसाइट ह्याक भएको देखाइएको छ। ‘क्याप्टेन स्मोकर’ बताउनेले वेबसाइट ह्याक गरेको बताएको छ ।
सुनको भाउ तोलामा दुई हजार दुई सय रुपैयाँले घट्यो
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य २ हजार २ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन को मूल्य २ हजार २ सय रुपैयाँले घटेर तोलामा एक लाख ५० हजार ८ सय रुपैयाँ कायम भएको छ । शुक्रबार छापावाल सुन तोलामा एक लाख ५३ हजार रुपैयाँमा कारोबार भएको थियो
नेपाल पत्रकार महासंघको अध्यक्ष पदमा निर्मला शर्माकाे जित
काठमाडौं । नेपाल पत्रकार महासंघको अध्यक्ष पदमा निर्मला शर्मा विजयी भएकी छन्। मधेस प्रदेशबाहेक अन्य प्रदेशमा मत गणना सकिँदा उनले निकटतम प्रतिद्वन्द्वी रमेश विष्टलाई एक हजार १४४ मतान्तरले पछि पारेकी छन्। मधेसमा ७७२ मत खसेको छ जुन शर्माले लिएको अग्रताभन्दा कम हो। पछिल्लो मतगणनाअनुसार शर्माले ३ हजार ९ सय ७३ मत पाउँदा विष्टको पक्षमा २
आज देशभर सार्वजनिक बिदा
काठमाडौं । सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ। किरात समुदायको पर्व उधौली, नेवार समुदायको योमरी पूर्णिमा (योमरी पुन्हि) र धान्य पूर्णिमाको अवसरमा देशैभर सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ । सरकारले सार्वजनिक बिदा दिएसँगै आज सरकारी कार्यालय र विद्यालयहरू बन्द रहनेछन् । किरात समुदायका याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली सकेला र लिम्बूहरूले
नेवार समुदायले योमरी पूर्णिमा पर्व मनाउँदै
काठमाडौं । नेवार समुदायले आज योमरी पूर्णिमा पर्व एवम् ज्यापु दिवस हर्षोल्लासका साथ मनाउँदैछन्।यस अवसरमा काठमाडौंका रैथाने नेवार समुदायले र्याली निकाल्ने गर्दछन्।मार्गशीर्ष शुक्ल पूर्णिमाका दिनमा मनाइने योमरी पूर्णिमालाई ‘योमरी पुन्हि’ पनि भनिन्छ। नेवार समुदायको ठूलो चाडका रूपमा मनाइने यस चाडलाई खाद्य पदार्थको रसिलो चाडका रूपमा लिइन्छ। योमरी एक परिकार हो। योमरीलाई नयाँ धानबाट बनेको चामलको
काठमाडौंमा आज यो वर्षकै बढी चिसो
काठमाडौं । शनिबार बिहान काठमाडौंमा यो वर्षकै बढी चिसो महशुस गरिएको छ । केही दिनदेखि निरन्तर ओरालो लागेको काठमाडौंको न्यूनतम तापक्रम शनिबार बिहान २.५ डिग्री सेल्सियस मापन गरिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले शुक्रबार काठमाडौंको न्यूनतम तापक्रम ३.१ डिग्री सेल्सियस मापन गरेको थियो । काठमाडौंबाहेक देशैभरि चिसो क्रमशः बढ्दै गएको छ । जुम्लामा
चलचित्र बोर्डले दश चलचित्र ‘डिजिटाइजेसन’ गर्ने
काठमाडौँ | चलचित्र विकास बोर्डले ‘नुमाफुङ’सहितका १० चलचित्रलाई डिजिटाइजेसन गर्ने भएको छ । बोर्डका अध्यक्ष दिनेश डिसीले वसन्ती, बलिदान, दक्षिणा, बसाइँ, वीर गणेशमानलगायतका चलचित्रलाई आगामी पुस्तासम्म पु¥याउन हालको प्रविधिमा रुपान्तरण गरी ‘अर्काइभ’ गरिने बताउनुभयो । “हामीले दर्शकले रुचाउनुका साथै विभिन्न कालखण्डलाई दर्शाउने चलचित्रलाई पुरानो प्रविधिबाट रुपान्तरण गरेर नयाँ प्रविधिमा ढाल्न चाहेका छौँ । यसको काम
शाकाहारी अनमोल केसी
अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...
सामान्य ज्ञान
...
साई अवतार नेपालमा
साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...
धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )
१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...
आहार योग
आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि) आहार योग पनि योगको नै...
