Tuesday 28th July 2026
भारतको कुम्भ मेलामा ज्यान गुमाउनेको संख्या ३० पुग्यो
काठमाडौं । भारतको प्रयागराजमा भइरहेको कुम्भ मेलामा भागदौडका क्रममा ज्यान गुमाउनेको सङ्ख्या ३० पुगेको छ ।त्यहाँको प्रहरी प्रशासनले घटनामा ३० जनाको ज्यान गएको पुष्टि गर्दै अरु ६० जना घाइते भएका जानकारी दिएको हो ।यही जनवरी १३ देखि शुरू भएको महाकुम्भ मेलामा अहिलेसम्म १५ करोड जनाले गङ्गामा स्नान गरेको अनुमान छ ।हिजो माघ कृष्ण औँसीका अवसरमा अमृत
दस जनालाई नइ पुरस्कार
काठमाडौँ ।नइ प्रकाशनले राष्ट्रिय जीवनका ख्यातिप्राप्त दस जना साधकलाई २०८० सालको ‘नइ पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको छ । नइ प्रकाशनबाट अध्यात्म दर्शन र सनातन धर्मसंस्कृतिको जागरण, संरक्षण र संवर्धनका लागि प्राज्ञिक रूपमा सात दशकदेखि समर्पित प्रा।चेतोनाथ शर्मा आचार्यलाई ‘नइ चन्द्रधन पुरस्कार’ समर्पण गरिने भएको छ । नेपाल राष्ट्रको गौरवमय धर्म र संस्कृतिको अनुसन्धान तथा
अमेरिकामा टिकटक बन्द
काठमाडौं । संयुक्त राज्य अमेरिकामा सामाजिक सञ्जाल प्लेटफर्म टिकटक बन्द भएको छ। आइतबार बिहानदेखि अमेरिकाभरि टिकटक बन्द भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। बिहान प्रयोगकर्ताहरूको मोबाइलबाट टिकटक हटेको र गुगल प्ले स्टोर र एप्पल स्टोरमा एप्लिकेसन नै नदेखिएको बताएका छन्। अमेरिकी सरकारले टिकटकको स्वामित्व रहेको चिनियाँ कम्पनीलाई बाइटडान्सलाई टिकटक कि अमेरिकालाई बेच्नुपर्ने कि अमेरिकामा प्रतिबन्धको सामना गर्नुपर्ने
आज ३०३ औं पृथ्वी जयन्ती
काठमाडौं ।आज ३०३ औं पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाइएको छ। शनिबार बिहान सिंहदरबारको पश्चिम गेटमा रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरी ३०३ औं पृथ्वी जयन्ती मनाइएको हो।यसका साथै देशभर विभिन्न कार्यक्रम आयोजना गरी जन्मजयन्ती मनाइएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेका थिए। माल्यार्पणसहित नेपाली सेनाको टोलीले पृथ्वी नारायण शाहप्रति सम्मान प्रकट गरेका
सुनको भाउ तोलामा आठ सय रुपैयाँले बढ्यो
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन १ लाख ५३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन प्रतितोला १ लाख ५२ हजार ५सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको
आज विदेशी मुद्राको विनिमय दर
काठमाडौं । अमेरिकी डलर, अस्ट्रेलियन डलर र युरोको भाउ घटेको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ८५ पैसा र बिक्रीदर १३७ रुपैयाँ ४५ पैसा कायम भएको छ। मंगलबार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ तीन पैसा र बिक्रीदर १३७ रुपैयाँ ६३ पैसामा कारोबार भएको थियो। मंगलबार युरो एकको खरिददर
उच्च पहाडी तथा हिमाली भागमा हिमपातको सम्भावना
काठमाडौं ।काठमाडौंको न्यूनतम तापक्रम मंगलबारको तुलनामा केही घटेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार बिहान ६ बजे काठमाडौंको न्यूनतम तापक्रम ६.३ डिग्री सेल्सियस मापन भएको छ। मंगलबार काठमाडौंको न्यूनतम तापक्रम ७ डिग्री सेल्सियस मापन भएको थियो।मंगलबारको तुलनामा काठमाडौंको आकाश केही खुला भएकाले न्यूनतम तापक्रम केही घटेको महाशाखाले जनाएको छ। बिहानको समयमा काठमाडौंमा सामान्य
आज मौसम सफा रहने अबस्था छ
काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको तथा तराईका धेरै स्थानमा हुस्सु लागेको छ ।लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा भागमा आंशिकदेखि साधारणतया बदली भएको छ भने मुलुकका बाँकी भू–भागमा मुख्यतया मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम
सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढ्यो
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन तोलामा ६ सय रुपैयाँले बढेको हो । सुन आज तोलामा ६ सय रुपैयाँले बढेर एक लाख ५० हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुनको भाउ तोलाको एक लाख ४९ हजार सात सय रुपैयाँ रहेको थियो
जाजरकोटमा ४.२ म्याग्निच्युटको भूकम्प
काठमाडौँ- जाजरकोट केन्द्रविन्दु बनाएर बिहीबार बिहानै भूकम्प गएको छ। जाजरकोटको नायकवाडा आसपास केन्द्र बनाएर बिहीबार बिहान ६ बजेर ३३ मिनेटमा भूकम्प ४.२ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। यसअघि गत वर्ष कात्तिकमा जाजरकोट केन्द्रबिन्दु भएर ६ दशमलव ४ म्याग्निच्युडको भूकम्पले ठुलो मानवीय र भौतिक क्षति भएको थियो ।
शाकाहारी अनमोल केसी
अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...
सामान्य ज्ञान
...
साई अवतार नेपालमा
साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...
धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )
१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...
आहार योग
आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि) आहार योग पनि योगको नै...
