Thursday 30th July 2026

यस्तो छ, आजको मौसम

काठमाडौं ।काठमाडौंमा बिहानपख चिसो केही बढेको छ। केही दिनअघि बिहानको समयमा काठमाडौंका आकाश बादलले ढाक्दा चिसो कम महशुस भएपनि बिहीबारदेखि काठमाडौंका आकाश खुल्न थालेका छन्। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्य बदलीको सम्भावना रहेको छ । यस्तै, बागमती प्रदेशका सबैजसो भूभागमा मौसम सफा

रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न जिल्ला अदालत कास्कीको आदेश

काठमाडौं  | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई ६५ लाख रुपैयाँ धरौटीमा छाड्न जिल्ला अदालत कास्कीले आदेश दिएको छ। कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले उनलाई धरौटीमा छाड्न आदेश दिएको हो । जिल्ला अदालतले धरौटी मागे पनि उनी रिहा हुने अवस्था छैन । काठमाडौं जिल्ला अदालतमा जाहेर भएको स्वर्णलक्ष्मी सहकारीको अपचलन मुद्दामा पेश गर्नका

अमेरिकाको लस एन्जल्समा आगलागीमा परी ५ जनाको मृत्यु

काठमाडौं ।लसएन्जलसमा दश हजार एकडमा फैलिएको आगलागीका कारण पाँचजनाको मृत्यु भएको छ । अल्टाडेना क्षेत्रको इटनमा भएको आगलागीमा परी पाँचजनाको मृत्यु भएको सरकारी अधिकारीहरूले जनाएका छन् ।लसएन्जलसको जंगलमा लागेको आगो लगातार फैलिरहेको छ । आगलागी नियन्त्रणका लागि एरिजोनासहित क्यालिफोर्निया बाहिरबाट अग्निनियन्त्रक मगाइएको छ। आगलागीपछि आपतकाल घोषणा गरिएको छ।

परिषद्ले गर्‍यो  अर्याललाई सम्मान

काठमाडौँ। नेपाल ज्योतिष परिषद्ले नेपाल समाचारपत्रका जिल्ला शाखा प्रमुख सूर्यप्रसाद अर्याललाई सम्मान गरेको छ । परिषद्ले बुधबार डिल्लीबजारको २७औँ वार्षिकोत्सव समारोहमा उनलाई सम्मान गरेको हो । प्रमुख अतिथि तथा पशुपतिनाथ मन्दिरका मूल भट्ट रावल श्रीगणेश भट्टले दोसल्ला ओढाएर कदरपत्र प्रदान गरेका थिए । ‘पत्रकारिता क्षेत्रमा रहेर सूचना प्रवाहको क्षेत्रमा पु¥याउनुभएको योगदानको कदर गर्दै परिषद्को २७औँ वार्षिकोत्सवमा

मौसम पूर्वानुमान : तराईमा हुस्सु, पहाडको मौसम सफा रहने

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।  जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार बिहान काठमाडौंको न्यूनतम तापक्रम तुलनात्मक रूपमा घटेका कारण हिजो अस्तिभन्दा बढी चिसो महशुस भएको हो। बिहीबार बिहान ६

‘कार्साङ’को अग्रिम बुकिङ खुला

काठमाडौं । दयाहाङ राई, जितु नेपाल, दीया मास्के र सिर्जना निङलेखु अभिनित चलचित्र ‘कार्साङ’ ले देशव्यापी १३० शो पाएको छ । शुक्रबारबाट रिलिज हुने चलचित्रको अग्रिम बुकिङ पनि खुला भएको छ ।  देशभरका हलले सुखद् सो दिँदै बुकिङ खुलाएसँगै देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्समा यो चलचित्रले काठमाडौँ उपत्यकामा २५ सो पाएको छ। यसै गरी दोस्रो ठूलो मल्टिप्लेक्स चेन

सुनको मुल्य बढ्दा चाँदी स्थिर

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन १ लाख ५२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।मंगलबार सुन प्रतितोला १ लाख ५२ हजार रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य भने स्थिर रहेको छ

आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । अमेरिकी डलर, अस्ट्रेलियन डलर र युरोको भाउ घटेको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ८५ पैसा र बिक्रीदर १३७ रुपैयाँ ४५ पैसा कायम भएको छ। मंगलबार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ तीन पैसा र बिक्रीदर १३७ रुपैयाँ ६३ पैसामा कारोबार भएको थियो। मंगलबार युरो एकको खरिददर

पोखरेलको ‘आमा,सपना र ताराहरु’ लोकार्पित

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको संस्मरणसंग्रह ‘आमा, सपना र ताराहरु’ लोकार्पण भएको छ । शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको एक कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, उपमहासचिव प्रदीप ज्ञवाली, नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा लगायतले पुस्तक लोकार्पण गरे ।सांग्रिला प्रकाशनले उक्त संस्मरणसंग्रहलाई बजारमा ल्याएको बताइएको छ ।

भूकम्पमा परी ३६ जनाको मृत्यु

काठमाडौँ ।आज बिहान चीनमा गएको भूकम्पमा परी कम्तीमा ३२ जनाको ज्यान गएको छ । अरु ३८ जना घाइते भएका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।नेपाल–चीन सीमाना तिब्बतको दिंगे कान्टीमा केन्द्रविन्दु भएर बिहान ६ बजेर ५० मिनेटमा ७ म्याग्निच्युडको भूकम्प गएको हो । काठमाडौं उपत्यका लगायत आसपासका जिल्ला तथा तराई मधेशका भू–भागमा पनि भुकम्पको धक्का

शाकाहारी अनमोल केसी

अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...

सामान्य ज्ञान

                           ...

साई अवतार नेपालमा

साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...

धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )

१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...

आहार योग

आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि)   आहार योग पनि योगको नै...

©2017 Kawach Online All Rights Reserved...