Tuesday 10th March 2026

योगा महोत्सव २०२४ सम्पन्न

काठमाडौं– होटल संघ नेपाल, होटल संघ नेपाल गण्डकी प्रदेश, होटल संघ पोखरा नेपाल, नेपाल योगा महोत्सव र पूर्ण योगा रिट्रिट सेन्टरको आयोजनामा योगा महोत्सव आयोजना गरिएको छ । सो अवसरमा होटल संघ नेपालका महासचिव साजन शाक्यले योगा पर्यटनको सम्भावनालाई टेवा पुग्ने बताए ।

उनले मुलुकमा सभा सम्मलेन तथा विवाह गन्तव्यसँगै वेलनेस तथा योगा र ट्रेकिङ र ट्राभलका लागि नेपाल आउने पर्यटकलाई लक्षित गर्दै कार्यक्रम आयोजना गरिएको बताए । पोखरास्थित पूर्ण योगा रिट्रिट सेन्टरमा आयोजित कार्यक्रममा नेपाली कलाकार ग्रामी नोमिनेटेड मनोज सिंले बाँसुरीको धुन प्रस्तुत गरे ।

कार्यक्रममा पोखरा वडा–१८ का अध्यक्ष शिवप्रसाद तिमल्सिना, केन्द्रीय सदस्य भरतराज पराजुली, गण्डकी हानका अध्यक्ष हरि शर्मा गैरे तथा पदाधिकारीहरु, क्षेत्रीय संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी, पोखरा टानका अध्यक्ष कृष्ण आचार्य, पोखरा नाट्टाका अध्यक्ष किशोर दाहाल, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीका साथै ६० भन्दा बढी होटल प्रतिनिधि उपस्थित थिए ।

शाकाहारी अनमोल केसी

अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...

सामान्य ज्ञान

                           ...

साई अवतार नेपालमा

साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...

धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )

१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...

आहार योग

आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि)   आहार योग पनि योगको नै...

©2017 Kawach Online All Rights Reserved...