काठमाडौं– होटल संघ नेपाल, होटल संघ नेपाल गण्डकी प्रदेश, होटल संघ पोखरा नेपाल, नेपाल योगा महोत्सव र पूर्ण योगा रिट्रिट सेन्टरको आयोजनामा योगा महोत्सव आयोजना गरिएको छ । सो अवसरमा होटल संघ नेपालका महासचिव साजन शाक्यले योगा पर्यटनको सम्भावनालाई टेवा पुग्ने बताए ।
उनले मुलुकमा सभा सम्मलेन तथा विवाह गन्तव्यसँगै वेलनेस तथा योगा र ट्रेकिङ र ट्राभलका लागि नेपाल आउने पर्यटकलाई लक्षित गर्दै कार्यक्रम आयोजना गरिएको बताए । पोखरास्थित पूर्ण योगा रिट्रिट सेन्टरमा आयोजित कार्यक्रममा नेपाली कलाकार ग्रामी नोमिनेटेड मनोज सिंले बाँसुरीको धुन प्रस्तुत गरे ।
कार्यक्रममा पोखरा वडा–१८ का अध्यक्ष शिवप्रसाद तिमल्सिना, केन्द्रीय सदस्य भरतराज पराजुली, गण्डकी हानका अध्यक्ष हरि शर्मा गैरे तथा पदाधिकारीहरु, क्षेत्रीय संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी, पोखरा टानका अध्यक्ष कृष्ण आचार्य, पोखरा नाट्टाका अध्यक्ष किशोर दाहाल, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीका साथै ६० भन्दा बढी होटल प्रतिनिधि उपस्थित थिए ।
14th May 2019 , 9:38 am
17th Apr 2025 , 5:53 am
12th Apr 2025 , 2:05 pm
11th Apr 2025 , 2:06 am
10th Apr 2025 , 1:56 am
9th Apr 2025 , 8:04 am
14th May 2019 , 9:38 am