Friday 1st May 2026

तीन सर्जकले पाए भैरव पुरस्कार

काठमाडौं । भैरव पुरस्कार गुठीले नेपाली व्यँग्यसाहित्यका भैरव अर्यालको स्मृतिमा स्थापित तीन पुरस्कार तीन स्रष्टालाई प्रदान गरेको छ ।

गुठीद्वारा काठमाडौंमा आयोजित कार्यक्रममा २०८१ सालको ‘भैरव पुरस्कार’ हास्यव्यंग्यकार लक्ष्मण गाम्नागेलाई प्रदान गरियो । उनलाई नगद राशि एक लाख ११ हजार १११ रुपैयाँसहितको उक्त पुरस्कार प्रदान गरिएको हो ।
‘भैरव वाङमय पुरस्कार’ भाषासेवी एवं कोशकार चूडामणि गौतमलाई  एक लाख एक हजार १११ रुपैयाँसहितको पुरस्कार प्रदान गरिएको हो ।

५१ हजार १११ रुपैयाँ नगद राशिसहितको ‘भैरव प्रतिभा पुरस्कार’ अभिनेत्री लक्ष्मी गिरीलाई प्रदान गरियो ।
गुठीका अध्यक्ष रोचक घिमिरेले गुठीले हास्यव्यंग्यका क्षेत्रमा योगदान गर्ने स्रष्टाबाहेक समग्र नेपाली साहित्य र कलाको उत्थानमा क्रियाशील व्यक्तिलाई पुरस्कृत गर्दै आएको जानकारी दिए ।

उक्त अवसरमा साहित्यकार स्व.रमेश विकलको व्यंग्य रचनामा आधारित कृति ‘अब अगाडि बढ्नु छ, अझ अगाडि’को दोस्रो संस्करण सार्वजनिक समेत गरियो ।
कार्यक्रममा बोल्दै साहित्यकार विजय चालिसेले भैरव अर्याल हास्यव्यंग्यका महारथी भएको भन्दै स्व.अर्यालको व्यक्तित्वको चर्चा गरे ।

शाकाहारी अनमोल केसी

अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...

सामान्य ज्ञान

                           ...

साई अवतार नेपालमा

साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...

धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )

१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...

आहार योग

आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि)   आहार योग पनि योगको नै...

©2017 Kawach Online All Rights Reserved...