Friday 1st May 2026
तीन सर्जकले पाए भैरव पुरस्कार
काठमाडौं । भैरव पुरस्कार गुठीले नेपाली व्यँग्यसाहित्यका भैरव अर्यालको स्मृतिमा स्थापित तीन पुरस्कार तीन स्रष्टालाई प्रदान गरेको छ ।
गुठीद्वारा काठमाडौंमा आयोजित कार्यक्रममा २०८१ सालको ‘भैरव पुरस्कार’ हास्यव्यंग्यकार लक्ष्मण गाम्नागेलाई प्रदान गरियो । उनलाई नगद राशि एक लाख ११ हजार १११ रुपैयाँसहितको उक्त पुरस्कार प्रदान गरिएको हो ।
‘भैरव वाङमय पुरस्कार’ भाषासेवी एवं कोशकार चूडामणि गौतमलाई एक लाख एक हजार १११ रुपैयाँसहितको पुरस्कार प्रदान गरिएको हो ।
५१ हजार १११ रुपैयाँ नगद राशिसहितको ‘भैरव प्रतिभा पुरस्कार’ अभिनेत्री लक्ष्मी गिरीलाई प्रदान गरियो ।
गुठीका अध्यक्ष रोचक घिमिरेले गुठीले हास्यव्यंग्यका क्षेत्रमा योगदान गर्ने स्रष्टाबाहेक समग्र नेपाली साहित्य र कलाको उत्थानमा क्रियाशील व्यक्तिलाई पुरस्कृत गर्दै आएको जानकारी दिए ।
उक्त अवसरमा साहित्यकार स्व.रमेश विकलको व्यंग्य रचनामा आधारित कृति ‘अब अगाडि बढ्नु छ, अझ अगाडि’को दोस्रो संस्करण सार्वजनिक समेत गरियो ।
कार्यक्रममा बोल्दै साहित्यकार विजय चालिसेले भैरव अर्याल हास्यव्यंग्यका महारथी भएको भन्दै स्व.अर्यालको व्यक्तित्वको चर्चा गरे ।
शाकाहारी अनमोल केसी
अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...
सामान्य ज्ञान
...
साई अवतार नेपालमा
साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...
धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )
१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...
आहार योग
आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि) आहार योग पनि योगको नै...
