Thursday 22nd January 2026
हाँसो दिबसको महत्त्व, हाँस्ने तरिका र फाइदा ।


पवित्रा पौडेल ( दवाडी )
काठमाडौ ।
काठमाडौं l अग्रेजी पात्रो अनुसार प्रत्येक मे महिनाको पहिलो आइतबारका दिनलाई विश्व हाँसो दिवस मानिन्छ ।
भारतको मुम्बईका चिकित्सक डा. मदन कटारियाको पहलमा सन् १९९८ देखि विश्व हाँसो दिवस सुरु भएको हो । उहाँले हाँसोमा आधारित योगा अभियान ‘वल्र्डवाइड लाफ्टर योगा मूभमेन्ट’ मार्फत यसलाई हाँसो दिवसका रुपमा मनाउन सुरु गर्नुभएको हो ।
यो दिवस हरेक वर्षको मे महिनाको पहिलो आइतबार मनाईन्छ । हाँसोका माध्यमबाट विश्व शान्तिमा सकारात्मक योगदान र भातृत्व तथा मित्रताको सन्देश विश्वव्यापी फैलाउन यो दिवस मनाउन थालिएको हो ।नभन्दै अहिले यो दिवसको महत्त्व विश्वव्यापी रुपमा बढ्दै गएको छ ।
हाँसोले शारीरिक र मानसिक तनाव हटाउन मद्धत गर्नुका साथै रोग प्रतिरोधी क्षमतामा वृद्धि गर्न पनि सहयोग पुर्याउँछ ।। हाँसोले तनावका हार्मोनलाई घटाई स्वस्थ रहने रसायन बढाउनुको साथै मुटुको रक्षा पनि गर्छ ।दैनिक १० देखि १५ मिनेटसम्म हाँस्नाले क्यालोरीसम्म घटाउन, तौल घटाउन समेत मद्धत गर्दछ। त्यसैले यसका लाभका बिषयमा थप चर्चा गरौँ
रोग प्रतिरोधी क्षमतामा वृद्धि गर्छ :
तनाव जति हुन्छ, उति नै शरीरको रोग प्रतिरोधी क्षमता कमजोर हुन्छ । हाँसोले तनावका हार्मोनलाई घटाई प्रतिरोधी कोष र संक्रमणविरुद्ध लड्ने एन्टीबडी वृद्धि गर्छ । यसले रोगसँग लड्ने क्षमतामा वृद्धि गर्छ । हाँस्दा वृद्धवृद्धामा अल्जाइमर रोग पनि लाग्न पाउँदैंन।
सम्पूर्ण शरीरलाई आराम दिलाउँछ :
हाँसोले शारीरिक र मानसिक तनाव हटाउन मद्धत गर्नुका साथै मांसपेशीलाई ४५ मिनेटसम्म आराम दिलाउँछ ।
स्वस्थ रहने रसायन बढाउँछ:
हाँस्ने बानीले स्वस्थ रहन मद्धत गर्ने इन्डोर्फिन नामक रसायन वृद्धि गर्नुका साथै अस्थायी रुपमा पीडा हटाउन पनि सहयोगी भूमिका निर्वाह गर्छ ।
मुटुको रक्षा गर्छ:
यसले रक्तनलीको कार्यमा सुधार गर्छ, जसले गर्दा रक्त सन्चारमा वृद्धि हुन्छ । यस्तो अवस्थामा हृदयाघात हुने र मुटुका अन्य प्रकारका रोग लाग्ने सम्भावना कम हुन्छ ।
क्यालोरी खपत हुन्छ:
दैनिक १० देखि १५ मिनेटसम्म हाँस्नाले ४० क्यालोरीसम्म घटाउन सकिन्छ । यसको अर्थ वर्षभरि निरन्तरता दिने हो भने तीनदेखि ४ पाउण्डसम्म तौल घट्छ ।
मनस्थिति ठीक गर्छ :
हाँस्दा मष्तिष्कका कोशिकाबाट निस्कने इण्डोर्फिन नामक रसायनले मनस्थिति ठीक गर्न मद्धत गर्छ । यसको अर्थ , जीवनका सबै कुरा राम्रो हिसाबले चल्नु हो । मनस्थिति ठीक हुँदा मानिसको व्यक्तिगत जीवन, सामाजिक जीवन व्यवसायिक जीवन सबैमा सकारात्मक प्रभाव पर्छ । यस्तै, हाँस्ने बानीले विना तनाव कुनै पनि प्रकारका अप्ठेरासंग जुध्ने क्षमतामा वृद्धि गर्छ ।
बौद्धिक स्तर बढाउँछ:
मानिसको मष्तिष्कका लागि हरसमय धेरै नै अक्सिजन आवश्यक हुन्छ । हाँस्ने बानीले मष्तिष्कमात्र नभई शरीरका सम्पूर्ण अंगमा अक्सिजन आपूर्ति गर्छ । यसले बौद्धिक स्तरका साथै शारीरिक दक्षता पनि बढाउँछ ।
आयु बढाउँछ :
नर्वेमा गरिएको एक अध्ययनले जो मानिसमा हाँसोको भावना हुन्छ, ऊ नहाँस्ने मानिसभन्दा बढी समयसम्म बाँचेको पाइएको थियो ।
सकारात्मक सोचको बिकास गर्छ:
दैनिक हाँस्ने र रमाउने बानीले मानिसमा सकारात्मक बिचारको बिकास हुन्छ। मानिस सहयोगी, मिलनशार र जिम्मेवार बन्न उत्पेरित गर्छ।
सुन्दरता बढाउँछ:
हाँसो र खुसीले अनुहारको मांसपेशी खुल्न गइ अनुहारमा चमक आउँछ। मन प्रसन्न हुने कारण सधैँ अनुहारमा खुसी र सन्तुष्टि झल्किन्छ।
यी विभिन्न कारण मानवका लागि हाँसो महत्वपूर्ण कुरा हो। त्यसैले आउनुहोस सबै मिलेर हासौँ र खुसीले बाचौँ। हा हा हा………..
श्रोत : विभिन्न अनलाइन ।
शाकाहारी अनमोल केसी
अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...
सामान्य ज्ञान
...
साई अवतार नेपालमा
साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...
धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )
१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...
आहार योग
आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि) आहार योग पनि योगको नै...
