
काठमाडौं । नेपाली लोकबाजा संग्रहालयका संस्थापक रामप्रसाद कँडेल जापानको चर्चित “निक्की एसिया अबार्ड” बाट सम्मानित हुनुभएको छ । कँडेललाई नेपाली लोक बाजा तथा लोक सस्कृतिको संरक्षण ,सम्बर्द्धन तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्नमा योगदान पुर्याएबापत बर्ष २०२० को २५ औँ “नक्की एसिया अबार्ड” प्रदान गरिएको आयोजकले जनाएको छ । अवार्ड प्रत्येक बर्ष एसियाको विकासमा विभिन्न क्षेत्रबाट योगदान दिनेहरुलाई प्रदान गर्ने गरिन्छ । कँडेलले लामो समयदेखि लोकबाजा संग्रहालय स्थापना गरि निरन्तर नेपाली लोकबाजा तथा लोक संस्कृतिको संरक्षण,सम्बर्द्धन तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्नमा योगदान गर्दै आउनुभएको छ। कंडेलकै अगुवाईमा स्थापना भएको लोकबाजा संग्राहलय हाल त्रिपुरेश्वरमा छ। संग्राहलयमा सयौंको संख्यामा लोपोन्मुख नेपाली लोक बाजा संग्रह गरिएका छन । सो अवार्ड कँडेलसँगै एसियाका अन्य ३ जनालाई समेत प्रदान गरिएको छ ।
