Thursday 22nd January 2026

अक्षय तृतीया पर्वको महत्त्व र यसका प्रत्यक्ष फाइदा

प्रत्येक बर्ष वैशाख शुक्ल तृतीयाका दिनलाई अक्षय तृतीया पर्वका रुपमा मनाइन्छ । यस दिन गरिएको दान, होम, जप, तपको फल अक्षय अर्थात् कहिल्यै नष्ट नहुने भएकाले वैशाख शुक्ल तृतीयाको दिनलाई अक्षय तृतीया भनिएको हो । मत्स्य पुराणलगायत ग्रन्थमा यस दिन गरिएको कर्म फलदायी हुने बताइएको छ । यसै दिन त्रेता युगको शुरुआत भएको मानिन्छ । यस दिन बिहानै स्नान गरी लक्ष्मीनारायणको पूजा गर्ने परम्परा छ । अक्षय तृतीयाकै दिन भगवान् विष्णुको सातौँ अवतारका रुपमा परशुरामको जन्म जमदग्नि र रेणुकाको सुपुत्रका रुपमा भएको मानिन्छ।

यस दिनलाई परशुराम जयन्ती भनी मनाउने चलन पनि छ । जौको सातुमा गुड, चिनी, घिउ, दही मिसाएर सक्खर हाली सर्वत बनाएर ब्राह्मणलाई दान गरे कहिल्यै नाश नहुने अक्षय फल पाइने जन विश्वास छ । यस दिन घरमा आउने सबैलाई जौको सातु र सर्वत खुवाइन्छ । यसो गरेमा भगवान् विष्णु खुशी हुने धार्मिक विश्वास छ । यस अवसरमा निराहार ब्रत बसी विष्णुलाई अक्षताले पूजा गरेमा राजसूय यज्ञको फल प्राप्त हुने मत्स्य पुराणमा वर्णन गरिएको छ। भविष्य पुराणमा पनि यस दिन गरिएको दान अक्षय हुन्छ भनी व्याख्या गरिएको छ । वैशाखको गर्मीमा सक्खरको सर्वत र जौको सातुले मानव स्वास्थ्यलाई फाइदा गर्ने भएकाले पनि यो पर्वको महत्व बढेको हो ।

वैदिक परम्परा अनुसारका प्रायः सबै पर्वको कुनै न कुनै बैज्ञानिक महत्व रहँदै आएको छ। समय, मौसम र मानव समुदायको हित अनुकूल तय गरिएका पर्वहरूको यी बैज्ञानिक महत्त्वलाई बुझ्दै र बुझाउँदै अपनाउन सके आगामी पुस्ताको पनि आकर्षण बढ्ने संस्कृतिबिदहरू बताउँछन् ।बैशाख महिनामा अधिकांश भूभागमा गर्मी बढ्ने, मौसम परिवर्तनले गर्दा विभिन्न प्रकोपहरू निम्तने हुंदा शरीरमा यथेष्ट पानीको मात्रा हुनु जरुरी छ। जौको सातुमा गुड, चिनी, घिउ, दही, सक्खर मिसाएर बनाइएको सर्बत खानाले शरीरलाई निकै फाइदा मिल्ने आयुर्वेद जानकारको तर्क छ।बिश्वब्यापी रुपमा विभिन्न प्रकोप बढिरहेकाले त्यसबाट बच्न समेत यस्ता तत्वको सेवन फाइदाजनक हुने आयुर्वेद चिकित्सकहरू बताउने गर्दछन।

शाकाहारी अनमोल केसी

अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...

सामान्य ज्ञान

                           ...

साई अवतार नेपालमा

साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...

धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )

१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...

आहार योग

आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि)   आहार योग पनि योगको नै...

©2017 Kawach Online All Rights Reserved...