आफ्नो घर आफ्नै स्कुल : संवाद कथा

-विजयराज आचार्य

‘टिभी पनि कति हेर्नु । मोबाइल चलाउँदा चलाउँदा आँखा दुख्न थालिसक्यो ।’, प्रकृतिले आफ्नो फेसबुक समूहको च्याट बक्समा लेखी । ‘यो कोरोना त खतरा पो रहेछ । भूकम्प, नाकाबन्दीभन्दा बढी नै अत्यायो यसले । किन किन मलाई त डर लागिरहेछ ।’, स्याड इमोजीसहित विरजाले थपी । समीक्षा– ‘आजकल किन मानिसलाई पाकृतिक विपत्ति र महामारीले खेदिरहेको होला ? दिन दिनका डरलाग्दा समाचारले आङै जिरिङ्ग हुन्छ ।’ सुवर्ण– ‘जुन विपत्ति अगाडि देखिन्छ त्यही ठूलो । भूकम्पमा त्यो भन्दा ठूलो आपत के थ्यो ? तराईमा बाढीले वितण्डा मच्चाउँदा त्यस्तै सोचियो । अहिले कोरोना विपत्ति बनेर आइलाग्ग्यो ।’ समीक्षा– ‘सुवर्णले भनेको पनि ठीकै हो । तर भूकम्प र बाढीपहिरो संसारभर एकसाथ हुन्न । भूकम्पले नेपालका सोह« जिल्लालाई क्षति पु¥यायो । बाढी पहिरोले केही केही ठाउँलाई प्रभावित ग¥यो । तर यो कोरोनाले सिङ्गो पृथ्वीका मानिसलाई सतायो ।’ प्रकृती– ‘कहिलेकाहीँ मान्छेलाई प्रकोप र महामारीले पनि सताउनु पर्छ ।’ गीता (रिसाएको रियाक्टसँगै)– ‘कस्तो कुरा गर्न सकेकी प्रकृतीले ? तिम्रो त मुटु नै छैन जस्तो छ । मान्छेलाई कति पिरोलिरहेको छ ।’ प्रकृती– ‘सबैखाले प्रकोप र महामारीको कारक मान्छे नै हो । विज्ञान सरले भन्नुभा होइन त, मान्छेले प्रकृति ध्वस्त पारेकै कारण यस्तो भइरहेको छ । अब त चेत खुल्छ कि !’ समीक्षा (स्याड रियाक्टसँगै)– ‘अचम्म भएछ नि । बेलायतको राजकुमारलाई पनि कोरोना लागेछ । स्पेनकी राजकुमारीलाई नै मारेछ । बेलायतका प्रधानमन्त्री आइसियुमा छन् ।’ प्रकृती (हाँस्य रियाक्टसँगै)– ‘कोरोना समावेशी रैछ । सम्पन्न देश, शक्तिशाली शासक, राजपरिवार, धनी–गरीब, ठूलो–सानो, कालो–गोरो, जात–धर्म कसैलाई नछोड्ने । यसले मानिस मानिसको विभेद नै घटायो ।’ सुवर्ण (रिसाएको रियाक्टसँगै)– ‘के तिमीले कोरोनाले दुनियाँभर फैलाएको त्रास ठिकै हो भन्न खोजेकी ?’ विरजा– ‘मानव जातिमा कुनैपनि विपत्ति आउनु राम्रो होइन । तर मान्छेकै घमण्डका कारण विपत्ति आइलाग्छन् । कोरोनाले मान्छेको अहंकार पनि चकनाचुर पारेको छ ।’ गीता (रिसाएको रियाक्टसँगै)– ‘सिधै भन न, तिमीले भन्न खोजेको कुरा बुझ्नै सकिएन ।’ प्रवृत्ती– ‘नेपालमा भूकम्पले केही समयलाई भए पनि को धनी को गरिब, को ठूलो को सानो खुला धर्तीमा सुताएको थियो । कोरोनाले पनि संसारका सबै मानिसले यो भाइरसबाट बच्न घर घरमै थुनिदिएको छ । पृथ्वी एउटै घरझैँ भएको छ ।’ विरजा– ‘हो, कोरोनाले सबैलाई गलाएको छ । महाशक्ति राष्ट्रहरूलाई झन् फतक्कै पारेको छ । हतियारले सुसज्जित देशलाई पनि बाँकी राखेन । बरु गरीब देशमा कम प्रभाव पारेको छ । जे पनि सहन सक्ने, पचाउन सक्ने त गरीब नै रहेछन् ।’ विरजाले अझै थपी (स्याड रियाक्टसँगै)– ‘धन, हतियार र शक्तिले मान्छेले मान्छेलाई जित्न सक्छ । तर एउटा सानो भाइरससँग नसकिने रहेछ ।’ सुवर्ण– ‘ठीक भन्यौ । युद्धका नाइके आफू सूरक्षित ठाउँमा बसेर जनता जनता लडाउँछन् । लड्ने र मर्ने त सिधासाधा जनता र आर्मी पुलिस त हुन् नि ।’ प्रकृती (स्याड रियाक्टसँगै)– ‘लकडाउन थपेको थप्यै छ । हाम्रो पढाइचाहिँ के हुने हो ! घरमा थन्केको थन्केइ भइयो । धन्न यो मोबाइल र फेसबुक नभए त ।’ प्रकृती– ‘अब घरलाई नै स्कुल बनाउनु पर्छ भन्ने प्रिन्सिपल सरको स्टाटस देखेनौ ?’ रिजा (अचम्म परेको रियाक्टसँगै)– ‘घरलाई नै स्कुल बनाउने रे ? कसरी नि ?’ समीक्षा (अचम्म परेको रियाक्टसँगै)– ‘कुटुमा कुटु भन्ने गीतमा कुटु भन्ने शब्द ५५ पटक आउँदो रहेछ ।’ प्रकृती– ‘धत्तेरी समीक्षा तिमीले कस्तो डिस्टव गरिरहेको ? गम्भीर कुरा भइरहेका बेला । अघि पनि डल्फिन कुर्सीमा कुनी कतिवटा प्वाल रे.. । काम नपाएकी..।’ सबैले रिसाएको रियाक्ट सँगै लेखे । विरजा– ‘प्रिन्सिपल सरको कुरा ठीकै हो नि । अलिअलि त हामीले गरेकै हो । अब अनलाइनबाट पढाइ सुरु गर्ने भन्न खोज्नु भएको होला ।’ प्रकृती– ‘अनलाइन पढाइ विदेशतिर हुन्छ भन्थे । केही कलेज र महंगा स्कुलले यता पनि गरे रे भन्थे । अब हाम्रा पनि लाइनबाटै पढ्ने दिन आए । हरेक समस्याले नयाँ नयाँ अविष्कार गर्छ भन्ने सत्य रहेछ ।’ ‘कति हामी मात्र गनगन गर्ने । ग्रुप च्याटिङमा प्रिन्सिपल सरालाई नि जोडौँ न । सरको कुरा पनि बुझौँ ।’, प्रकृतीले प्रस्ताव गरी । ‘ठीक भन्यौ प्रकृती । ए समीक्षा ! सरलाई जोड त । एडमिन तिमीसँगै छ क्यारे ।’, नमस्तेको रियाक्ट पठाउँदै रिजाले लेखी । ‘ह्या..! नजोडौँ के बुढालाई । हामीमात्र च्याटिङ गर्दा कस्तो रमाइलो भएको छ । सरसँग ख्यालठट्टा गर्न पनि मिल्दैन ।’, समीक्षाले रिसाएको रियाक्ट पठाउदै लेखी । जेजसो भने पनि समीक्षाले प्रिन्सिपल सरलाई जोडिछे । सर एकाएक स्क्रिनमा देखिनुभयो । सरलाई देखेर सबैजना सतर्क भए । ‘तिमीहरू त पहिलेदेखि नै कुराकानीमा मस्त थियौ जस्तो छ नि । ल भन के समस्या प¥यो ? मैले गर्नुपर्ने केही छ कि ?’, प्रिन्सिपल सरले लेख्नुभयो । ‘सर हजुरले स्टाटसमा लेखेको ‘अब घरलाई नै स्कुल बनाउनु पर्छ’ भनेको के हो ? राम्रोसँग बुझाइदिनुस् न ’, गीताले लेखी । ‘अनलाइनबाट पढ्ने र पढाउने भनेको नि । यसमा तिमीहरू अभ्यस्त नै छौ । शिक्षक जहाँ छ, त्यहीँबाट पढाउने र विद्यार्थी जहाँ छ, त्यहीँबाट पढ्ने विधि नै अनलाइन शिक्षा हो । शिक्षक संसारको जुनसुकै ठाउँमा बसेको हुन सक्छ । अहिले विदेशबाट नेपालमा आएका विद्यार्थीले अनलाइन बाट पढिरहेका छन् । विद्यालय बन्द भएपनि पढाइ यसरी चलिरहेको छ ।’, उनले स्पष्ट पारे । विरजा– ‘सर हाम्रोमा त नयाँ शैक्षिक सत्र सुरु नहुदै विद्यालय बन्द भए । हामीसँग किताब पनि छैन । कार्यतालिका पनि छैन । कक्षा कसरी व्यवस्थापन गर्ने त ?’ प्रिन्सिपल– ‘ठीक भन्यौ । परीक्षा सकिनासाथ लकडाउन भएकोले हामी पन अलमलमा प¥यौँ । अब शिक्षकले पावर प्वाइन्टबाट कक्षा लिनुहुन्छ । तिमीहरुले अन लाइनबाटै कक्षा लिने । छलफल गर्ने र गृहकार्य अनलाइनबाटै पठाउने ।’ समीक्षा– ‘सर यो हामी ठूलो कक्षाकालाई त ठीक छ । साना कक्षाका भाइबहिनीले फेसबुक, एप चलाउन जान्दैनन्, तिनले कसरी सिक्लान् ?’ प्रिन्सिपल– ‘हामीले सबै अभिभावकलाई विद्