Saturday 2nd May 2026

नागजातीको धार्मिक र वैज्ञानिक महत्वको प्रथम खोज

धार्मिक तथा पर्यटकीय क्षेत्रका रूपमा प्रसिध्द महालिङ्ग उत्तरवाहिनी क्षेत्रमा देश विदेशका व्यक्तित्वहरु बारम्बार आउन थालेका छन् । पर्यटकीय, धार्मिकमात्रै नभएर वैज्ञानिक अनुसन्धानका लागि पनि यो क्षेत्र प्रसिद्ध हुन लागेको छ । नागपञ्चमीको अवसर पारेर आयोजित हुन लागेको सर्पसम्बन्धी राष्ट्रिय कार्यशालामा देशका प्रसिद्ध वैज्ञानिकहरू र विभिन्न विज्ञहरूको उपस्थिति हुँदैछ । तीन दिनसम्म सञ्चालन हुने कार्यशाला शनिबार दिउँसो ३ बजेदेखि सुरु हुँदैछ । गण्डकी प्रदेशका पर्यटन मन्त्री माननीय विकास लम्सालले उद्घाटन गर्ने यस कार्यक्रमको आयोजना गल्याङ नगरपालिका, रम्भा गाउँपालिका, वन तथा कृषि विश्वविद्यालय चितवन र कालीगण्डकी ज्ञानविज्ञान प्रतिष्ठानले संयुक्तरूपमा गरेका छन् । स्याङ्जा जिल्लाको गल्याङ नगरपालिका १, मालुङ्गा र पाल्पाको रम्भा गाउँपालिका विचमा अवस्थित उत्तरवाहिनीमा उक्त कार्यक्रम सुरु हुन लागेको हो। स्याङ्जा मालुङ्गा र पाल्पा हुँगीको बिचमा पर्ने कालिगण्डकीको उत्तरबाहिनी धार्मीक अनुसन्धानको लागि उपयुक्त रहेको धार्मीक गुरु कालीगण्डकी ज्ञानविज्ञान प्रतिष्ठानका अध्यक्ष चैतन्य कृष्णले ले बताउनु भयो ।

राखेका १६ हजार ४ कन्याको उद्धार गरेर अर्को जन्ममा तिमीहरूलाई म स्वीकार गर्छु भनि कृष्ण अवतारमा १६ हजार ४ रानी भएको प्रसङ्गसँग यसको इतिहास जोडिएको चैतन्य कृष्णले बताउनुभयो । ऋषि मार्कण्डयको जन्म भएको र उनका पिता मृकन्डुले यहाँ तपस्या गरेपछि भगवान शिवबाट पुत्रको वरदान प्राप्त गरेर मार्कन्डयको जन्म भएको धार्मिक ग्रन्थमा उल्लेख छ । पिताको तपस्याबाट प्रशन्न भएका भगवान शिवको वरदान पश्चात् १६ वर्षको आयु लिएर जन्मिएका मार्कन्डयले आयु बढाउन र मृत्युलाई जित्न महामृत्युन्जय साधना यसै ठाउँमा गरेको शास्त्रमा पाईन्छ । कालीगण्डकी नदी उत्तरतर्फ बग्छ । यस प्रतिष्ठानले ज्ञान र विज्ञानलाई जोडेर नेपाललाई समृद्ध र आध्यात्मिक देश निर्माणमा सहयोग पुर्याउने, मानिसलाई वैज्ञानिक, साधु र ऋषिलाई वैज्ञानिक बनाउने उद्देश्यका साथ काम गरिरहेको छ । विभिन्न धर्मग्रन्थमा उल्लेख भए अनुसार गयामा गएर श्राद्ध गरेको भन्दा एक अर्ब गुणा बढि फल उत्तर गंगा नदीमा पाइन्छ भने प्रयाग कुरुक्षेत्र नैनीसारखण्डमा भन्दा तीन अरब गुणा बढि फल प्राप्त हुने विश्वास गर्ने गरिन्छ ।

https://www.facebook.com/cknepal/posts/2424831501127007?__tn__=K-R1.g
याे पनि हेर्न नभुल्नुहाेला

शाकाहारी अनमोल केसी

अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...

सामान्य ज्ञान

                           ...

साई अवतार नेपालमा

साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...

धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )

१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...

आहार योग

आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि)   आहार योग पनि योगको नै...

©2017 Kawach Online All Rights Reserved...