Friday 17th April 2026

स्व. गौरीनारायण श्रेष्ठ मध्यान्ह पत्रकारिता पुरस्कार’ अर्याल र उमाकान्त पौडेल स्मृति पत्रकारिता पुरस्कार दवाडीलाई प्रदान


काठमाडौ, ३० चैत । यस वर्षको ‘स्व. गौरीनारायण श्रेष्ठ मध्यान्ह पत्रकारिता पुरस्कार’ पत्रकार शंकर अर्याललाई प्रदान गरिएको छ ।

सोमबार नेपाल पत्रकार मञ्चको २०औं स्थापना दिवसको अवसरमा काठमाडौंको बुद्धनगरस्थित आरम्भ रेस्टुरेन्टमा आयोजित कार्यक्रममा करिब १४ वर्षदेखि पत्रकारितामा निरन्तर सक्रिय रहेका रातोपाटी डटकमका आर्थिक ब्युरो प्रमुख अर्याललाई स्व. गौरीनारायण श्रेष्ठ मध्यान्ह पत्रकारिता पुरस्कार प्रदान गरिएको हो ।

उनलाई कार्यक्रमका प्रमुख अतिथि गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष अखण्ड भण्डारी र स्व. श्रेष्ठकी श्रीमती कृष्णकुमारी श्रेष्ठले संयुक्त रूपमा ११ हजार १ सय ११ रुपैयाँको चेक हस्तान्तरण गर्दै सम्मान गरेका थिए भने नेपाल पत्रकार मञ्चका अध्यक्ष युवराज बिद्रोही सम्मानपत्र प्रदान गरेका
सो अवसरमा अर्याललाई मध्यान्ह राष्ट्रिय दैनिककी प्रकाशक सीतादेवी श्रेष्ठले दोसल्ला ओडाएर सम्मान गरेकी थिइन भने स्व. श्रेष्ठता छोरा नवीनकुमार श्रेष्ठले पत्रकार अर्याललाई ढाकाको टोपी लगाइदिएर सम्मान गरेका थिएँ ।

लामो समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय अर्यालले पुर्‍याएको योगदानको कदरस्वरूप उक्त पुरस्कार प्रदान गरिएको मञ्चका अध्यक्ष बिद्रोहीले जानकारी दिए ।

नेपाल पत्रकार मञ्चमा आबद्ध पत्रकारहरूमध्ये प्रत्येक वर्ष उत्कृष्ट एक जनालाई छनोट गरी चैत ३० गते यो पुरस्कार प्रदान गरिँदै आएको छ । मध्यान्ह दैनिककी प्रकाशक श्रेष्ठले आफ्नो स्व. बुबाको सम्झनामा सो पुरस्कार स्थापना गरेकी हुन् ।

यस्तै सोही कार्यक्रममा ‘उमाकान्त पौडेल स्मृति पत्रकारिता पुरस्कार २०८२’ वरिष्ठ सञ्चारकर्मी शिरोमणि दवाडीलाई प्रदान गरिएको छ । तीन दशकभन्दा बढी समयदेखि पत्रकारिता क्षेत्रमा योगदान पुर्‍याउँदै आएका दवाडीलाई दीर्घकालीन योगदानको कदरस्वरूप सम्मान गरिएको हो ।

उनलाई प्रमुख अतिथि भण्डारी र पुरस्कार स्थापनाकर्ता मञ्चका पूर्वमहासचिव एवं सल्लाहकार रामप्रसाद पौडेलले संयुक्त रुपमा ५ हजार ५ सय ५५ रुपैयाँको चेक हस्तान्तरण गर्दै सम्मान गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि भण्डारीले पत्रकारितामा समर्पित व्यक्तित्वलाई प्रोत्साहन गर्दै सम्मान गरेकोमा मञ्चलाई धन्यवाद व्यक्त गरे । यस किसिमको सम्मानले पत्रकारलाई आफ्नो सेवामा समर्पित हुन थप हौसला मिल्ने उनले बताए ।

मञ्चका उपाध्यक्ष विमल थापाले स्वागत मन्तव्य राखेको कार्यक्रम मञ्चका महासचिव राजु भण्डारीले सञ्चालन गरेका थिए ।

कार्यक्रममा मञ्चको २०औं स्थापना दिवसको अवसरमा मञ्चका अध्यक्ष बिद्रोही, प्रमुख अतिथि भण्डारी र मध्यान्ह राष्ट्रिय दैनिकका प्रधान सम्पादक मदनकुमार श्रेष्ठले संयुक्तरुपमा
केक काटेर खुसी साटासाट गरिएको थियो ।

शाकाहारी अनमोल केसी

अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...

सामान्य ज्ञान

                           ...

साई अवतार नेपालमा

साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...

धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )

१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...

आहार योग

आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि)   आहार योग पनि योगको नै...

©2017 Kawach Online All Rights Reserved...