Saturday 11th April 2026
मोरंगको पथरीमा श्रीमद् ब्रह्म महापुराण सप्ताह ज्ञानमहायज्ञ संचालन :

मोरङ जिल्लाको पथरी शनिश्चरे १ मा अवस्थित श्री शान्ति कृतन मण्डली परिवारद्वारा सत्संग भवन शिखरचोकमा सप्ताहव्यापी संगीतमय महायज्ञ संचालन गरिएको छ। २०८२ कार्तिक १६ गतेदेखि २२ गतेसम्म पुराणको आयोजना गरिएको यस सप्ताह महायज्ञको संगीतमय कथा एवं पाठवाचनमा आचार्य द्वय पण्डित श्री केवल कृष्ण अधिकारी र पण्डित श्री दीपक भट्टराई हुनुहुन्छ।
श्रीमद् ब्रह्म महापुराण अष्टादश (१८) महापुराणहरूमध्ये पहिलो र अत्यन्त पवित्र ग्रन्थ हो। यस पुराणको रचयिता भगवान् ब्रह्मा स्वयम् मानिन्छन्। कुल करिब १०,००० श्लोक र २४५ अध्यायमा विभाजित यस ग्रन्थमा सृष्टिको आरम्भदेखि धर्म, भक्ति र मोक्षसम्मका गूढ सत्यहरू उल्लेख गरिएको छ।यस पुराणको प्रारम्भ सृष्टिको वर्णनबाट हुन्छ। ब्रह्मा, विष्णु र महेश यी त्रिदेवद्वारा सारा सृष्टिको सञ्चालन कसरी हुन्छ भन्ने स्पष्ट विवरण पाइन्छ। ब्रह्मपुराणले विशेष गरी भगवान् विष्णु र जगन्नाथ पुरी धामको महिमा गाएर, तीर्थयात्राको महत्व उजागर गरेको छ।
यसमा गङ्गा, यमुना, नर्मदा, गोदावरी लगायतका पवित्र नदीहरू तथा केदारनाथ, बद्रीनाथ, द्वारका, कन्याकुमारीजस्ता पवित्र तीर्थस्थानहरूको माहात्म्य विस्तारपूर्वक वर्णन गरिएको छ। साथै राजा पृथु, राजा इला, मार्कण्डेय ऋषि आदि सन्त–राजाहरूका जीवनकथाहरू मार्फत धर्म,दान,संयम र भक्ति मार्गको सन्देश दिइएको छ। यी र यस्तै कथा वाचनका साथ् संगीतमय प्रवचनमा भक्तजनको उल्लासमय उपस्थिति रहेको छ।


कथावाचक पण्दितहरूका अनुसार ब्रह्मपुराणको मूल शिक्षा भनेको –सत्य बोल्नु, दान दिनु , संयम राख्नु, र परमात्मको भक्ति गर्नु हो ।यी चार गुणहरू अपनाउने व्यक्ति जीवनमै मोक्षको बाटोमा प्रवेश गर्छ। संसारको नश्वरता सम्झाउँदै, ईश्वर–भक्ति र सत्कर्ममा श्रीमद् ब्रह्म महापुराण सप्ताह ज्ञानमायज्ञले मानवलाई सधैं प्रेरित गर्ने विश्वाश लिइन्छ। जो व्यक्ति श्रद्धापूर्वक श्रीमद् ब्रह्म महापुराणको श्रवण वा पठन गर्छ, ऊ सबै पापबाट मुक्त भई परमधाम प्राप्त गर्छ भन्ने विश्वास पनि छ।
समाचार प्रेषक : नारायण प्रसाद खतिवडा, पथरी, कवच सम्बाददाता।
शाकाहारी अनमोल केसी
अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...
सामान्य ज्ञान
...
साई अवतार नेपालमा
साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...
धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )
१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...
आहार योग
आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि) आहार योग पनि योगको नै...
