Thursday 12th March 2026
आँधीबाट १ हजार ४० घर प्रभावित, घर बनाइदिने प्रदेश सरकारको घोषणा

आइतबार साँझ बारा र पर्सामा आएको विनाशकारी आँधीबाट १ हजार ४० घर पूर्णरुपले क्षतिग्रस्त भएको प्रदेश नम्बर २ सरकारले जनाएको छ ।
यस्तै बारामा २७ र पर्सामा एक गरी २८ जनाको मृत्यु हुनुका साथै करिव एक हजार घाइते भएका छन् ।
बुधबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले सबै प्रभावितहरुलाई चारकोठे घर बनाइदिने बताएका छन् ।
उनले चार महिनाभित्रै सबै घर बनाइसक्ने पनि दाबी गरेका छन् । उनले त्रिपालमुनी रहेका पीडितहरुलाई समस्या भइरहेको भन्दै केही दिनभित्रै टेन्टभित्र सारिने पनि बताए ।
उनका अनुसार बारामा ९ सय ५८ परिवारको घर पूर्णरुपले र ९ सय २२ को आंशिक रुपले क्षतिग्रस्त भएको छ ।
यसैगरी पर्सामा १ सय २२ घर पूर्ण रुपले र ३ सय ८७ घर आंशिक रुपले क्षतिग्रस्त भएको पनि जानकारी गराए ।
शाकाहारी अनमोल केसी
अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...
सामान्य ज्ञान
...
साई अवतार नेपालमा
साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...
धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )
१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...
आहार योग
आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि) आहार योग पनि योगको नै...
