Thursday 12th March 2026

‘गोरखाका दवाडीको सङ्क्षिप्त परिचय’ पुस्तक विमोचन, संस्कृतिप्रतिको जागरण आवश्यक रहेको वक्ताहरूको धारणा 

काठमाडौँ, ३१ जेठः संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नयाँ पुस्तालाई संस्कृतिप्रतिको जागरण जगाउन आवश्यक रहेको बताउनुभएको छ । वशिष्ट गोत्र दवाडी वंश अनुसन्धान प्रतिष्ठान गोरखाद्वारा आज काठमाडौँमा आयोजित ‘भिडियो तथा पुस्तक विमोचन’ समारोहलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले संस्कृति संरक्षण र प्रवर्द्धनका लागि पुस्तान्तरण आवश्यक पर्ने उल्लेख गर्नुभयो । “हरेकले आफ्नो पहिचान खोज्नुपर्छ, सबैले आ–आफ्नो पहिचान खोज्न सकियो भने राष्ट्रिय पहिचान निर्माण हुन्छ, यस्ता पुस्तकले आफ्नो पहिचान खोज्न मद्दत गर्छ”, मन्त्री पाण्डेले भन्नुभयो । यस्ता किसिमका खोज र अनुसन्धान पछिल्लो पुस्ताका लागि उपयोगी सन्दर्भ सामग्री हुने उहाँको भनाइ छ । मन्त्री पाण्डेले सिञ्जा उपत्यकाबाट नेपालको भाषा संस्कृतिको विकास भएको बताउँदै त्यस क्षेत्रलाई कतिपयले आफ्नो जातको थातथलोका रूपमा मान्दै आएका बताउनुभयो । संस्कृति संवर्द्धन, संरक्षण र खोज अनुसन्धान गर्न यस्ता पुस्तकले योगदान पु¥याउने उहाँले उल्लेख गर्नुभयो । नेपाली कांग्रेसकी नेत्री एवं पूर्वमन्त्री कमला पन्तले संस्कृति बचाउनका लागि यस्ता खोजअनुसन्धानले सहयोग पुग्ने बताउनुभयो । राष्ट्रियसभाका सदस्य किरणबाबु श्रेष्ठले अनुसन्धानका तथ्यले नयाँ पुस्तालाई संस्कृति र मूल पहिचानप्रति जागरुक गराउन सहयोग पुगेको विश्वास व्यक्त गर्नुभयो । कांग्रेस नेता एवं गण्डकी प्रदेशका पूर्वसांसद प्रकाशचन्द्र दवाडीले वशिष्ट गोत्रीय दवाडीको इतिहास बुझ्नका लागि यस्ता वृत्तचित्र र पुस्तकले सहयोग पुग्ने बताउनुभयो । कार्यक्रममा वशिष्ट गोत्र दवाडी वंश अनुसन्धान प्रतिष्ठान गोरखाका अध्यक्ष दयानिधि दवाडी, पूर्वराजदूत गोपिनाथ दवाडी, वशिष्ट गोत्र दवाडी वंश केन्द्रीय समितिका अध्यक्ष डा लक्ष्मीकान्त दवाडी, पूर्वअध्यक्ष भरत दवाडी, झापाका सचिव टङ्क दवाडीलगायतले पुरानो पुस्ताको ज्ञानलाई नयाँ पुस्तामा पुस्तान्तरण गर्न यस्ता पुस्तक सहयोगी बन्ने धारणा राख्नुभयो । शिक्षाविद् शुकदेव शर्मा दवाडीद्वारा लिखित ‘गोरखाका दवाडीको सङ्क्षिप्त परिचय’ पुस्तकको वरिष्ठ पत्रकार शिरोमणि दवाडीले टिप्पणी गर्नुभएको थियो । कार्यक्रममा पर्यटनमन्त्री पाण्डेले पुस्तकका लेखक शुकदेव शर्मा दवाडी तथा गोर्खाका दवाडीहरूमा नाताका जेष्ठ सदस्य बोधनाथ दवाडीलाई खादा र प्रमाणपत्रद्वारा सम्मान गर्नुभएको थियो ।

शाकाहारी अनमोल केसी

अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...

सामान्य ज्ञान

                           ...

साई अवतार नेपालमा

साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...

धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )

१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...

आहार योग

आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि)   आहार योग पनि योगको नै...

©2017 Kawach Online All Rights Reserved...