Tuesday 14th April 2026
ललितपुरमा सिर्जनसिपको सकृयतामा सफाइ अभियान
काठमाडौं ।सिर्जनसीप सेवा प्रा.लि.खुमलटार,ललितपुर र एकता समाजको संयुक्त आयोजनामा,नेप्को सेवा प्रा.लि. र नेपाल फुलबारी सेवा प्रा.लि.को सह-आयोजनामा ग्वार्को पुलदेखि प्रहरी प्रभाग इमाडोलसम्म बृहत् जनचेतनामूलक सरसफाइ कार्यक्रम गरिएको छ।
“स्वच्छ सफा, मेरो धर्ती, मेरो दायित्व र मेरो जिम्मेवारी” भन्ने मुल नाराकासाथ आयोजित कार्यक्रममा बोल्दै ललितपुर जिल्ला,क्षेत्र नं.२ का प्रतिनिधि सभाका सांसद प्रेमलाल महर्जनले सरकारी,गैरसरकारी तथा निजी क्षेत्रको साझा पहलमा अभियान संचालन गर्न सके शहरलाई सहजै स्वच्छ र प्रदूषण रहित बनाउन सकिने बताउनुभयो । महालक्ष्मी नगरपालिका मेयर हरिगोविन्द श्रेष्ठले नगरपालिकालाई प्लास्टिक रहित बनाउने अभियान संचालन गरिने उद्घोष गर्नुभयो ।सिर्जनसिप सेवा प्रा.लि.का अध्यक्ष तथा सफाइ अभियन्ता सहदेव राउतले संघसंस्थाको सक्रियतासँगै ब्यक्तिहरूमा पनि चेतना र जागरूकता आउन सके सफाइ अभियानहरू लक्ष्यमा पुग्न सक्ने उल्लेख गर्नुभयो ।

सफाइ अभियानमा वडाध्यक्षहरु ध्रुब के.सी., जयकृष्ण बोगटी, विजय लामा, झापा ललितपुर एकता समाजका अध्यक्ष डा.दीपक खनाल,पूर्व वडाअध्यक्ष लक्ष्मण रोका,वडा सदस्य विनोद के.सी., नेपाल रेडक्रस सोसाइटी इमाडोल प्रमुख भक्तिमाया थापा, नगर प्रहरी बलका गंगाबहादुर थापा, टोल विकास समितिका अध्यक्षहरु, पत्रकार, सुरक्षाकर्मी, कर्मचारीहरु, स्थानीय वासिन्दाहरुको सक्रिय सहभागिता रहेको थियो।
सिर्जनसिप सेवा प्रा.लि.ले स्थानीय संघसंस्था तथा जनप्रतिनिधिहरूसँग सहकार्य गर्दै सफाइ अभियान नियमित अभियान संचालन गर्दै आएको र विषेशगरि ललितपुर चक्रपथ क्षेत्रमा भने २६० हप्ता पुगिसकेको समन्वयकर्ता लिला दवाडीले जानकारी दिनुभयो।
शाकाहारी अनमोल केसी
अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...
सामान्य ज्ञान
...
साई अवतार नेपालमा
साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...
धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )
१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...
आहार योग
आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि) आहार योग पनि योगको नै...
