Friday 1st May 2026
संसदका तीन समितिका बैठक बस्दै
काठमाडौं ।आज संघीय संसद्का तीन समितिको बैठक बस्दै छ । तीनवटै समितिको बैठक सिंहदरबारस्थित कार्यालयमा बस्नेछन् ।
जसअनुसार अर्थ समितिको बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एककीरण गर्न बनेको विधेयक उपर दफावार छलफल हुनेछ । जुन बैठक बिहान ११ः०० बजेबाट सुरू हुनेछ ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा भने तीनवटा अजेन्डामा छलफल हुनेछन् । समिति अन्तर्गतका उपसमितिहरुमा सदस्य थप तथा हेरफेर, विद्यालय शिक्षा विधेयक, २०८० का सम्बन्धमा उपसमिति गठन र शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि दफावार छलफल हुने बैठक ११ः०० बजेबाट सुरु हुनेछ ।
साथै, सार्वजनिक लेखा समितिको बैठकमा भने समितिमा प्राप्त उजुरी उपर छलफल सम्बन्धमा हुनेछ । लेखा समितिले यसअघि नै १०० वटा उजुरी सार्वजनिक गरिसकेको छ ।
शाकाहारी अनमोल केसी
अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...
सामान्य ज्ञान
...
साई अवतार नेपालमा
साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...
धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )
१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...
आहार योग
आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि) आहार योग पनि योगको नै...
