Thursday 12th March 2026
आज नेप्से परिसूचक १७ दशमलव २८ अङ्कले बढेर २७३६. ४८ को विन्दुमा कायम
काठमाडौं| पछिल्लो सात कारोबार दिन लगातार घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज भने दोहोरो अंकको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक १७ दशमलव २८ अंकले बढेर दुई हजार सात सय ३६ दशमलव ४८ को विन्दुमा कायम भएको हो ।
आज विभिन्न तीन सय २३ कम्पनीका दुई करोड २९ लाख ४१ हजार तीन सय ६५ कित्ता शेयर ७९ हजार दुई सय ३६ पटक खरिदबिक्री हुँदा रू आठ अर्ब २३ करोड ५२ लाख ६८ हजार सात सय ५५ बराबरको कारोबार भएको छ ।
आजको कारोबारमा विकास बैंक समूह शून्य दशमलव ३३ र लघुवित्त समूह शून्य दशमलव २७ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै लगानी समूह एक दशमलव ७६ र अन्य समूह एक दशमलव ५७ प्रतिशतले बढेको छ ।
बैंकिङ शून्य दशमलव ५३, वित्त शून्य दशमलव ०२, होटल तथा पर्यटन शून्य दशमलव ६४, जलविद्युत् शून्य दशमलव ८५, जीवन बिमा शून्य दशमलव ६४, उत्पादन तथा प्रशोधन शून्य दशमलव १८, म्युचुअल फन्ड शून्य दशमलव १०, निर्जीवन बीमा शून्य दशमलव ४० र व्यापार समूह शून्य दशमलव २१ प्रतिशतले बढेको छ ।
पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य आज सबैभन्दा धेरै नौ दशमलव ७९ प्रतिशतले बढेको छ । साथै विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै माछापुच्छ्रे बैंक लिमिटेड प्रमोटर शेयर रू ८१ करोड ३६ लाख ५२ हजार एक सय बराबरको ८१ लाख ३६ हजार पाँच सय २१ कित्ता कारोबार भएको नेप्सेले जनाएको छ ।
शाकाहारी अनमोल केसी
अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...
सामान्य ज्ञान
...
साई अवतार नेपालमा
साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...
धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )
१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...
आहार योग
आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि) आहार योग पनि योगको नै...
