Saturday 11th April 2026

जावलाखेल हाइकू पैदल यात्रा सम्पन्न ।

जावलाखेल हाइकू पैदल नेपाल हाइकू केन्द्रको आयोजनामा आज शनिबार जावलाखेलदेखि चोभार जलबिनायक हुँदै पुन: जावलाखेलसम्मको हाइकू यात्रा सम्पन्न गरियो। हेमन्त ऋतुको प्रारम्भसंगै हाइकू रचना र बाचनमा रमाउने १२ जना कबि तथा कबियत्रीहरूको सहभागितामा भएको सो यात्रामा कबिहरूले यात्रा बीचमा पर्ने विभिन्न ऐतिहासिक स्थलहरूको अवलोकन,अध्ययन तथा बिवरण लिइ चोभारमा रहेको जल गणेशको दर्शन पश्चात् एकै स्थलमा भेला भै १० वटा हाइकू रचना गरी वाचन समेत गरे। सोही अवसरमा सुवर्ण राज जोशीको “एकसय आठ हाइकू”,अन्जना पौडेलको “आरूबारीको फूल”,बाशुदेव गुरागाईँको “अनुमानित निष्कर्ष ” र भीष्म राज फुलाराको “टुहुरो कुण्डल” को सामूहिक यात्रा बिमोचन समेत गरियो । कार्यक्रममा बाचित हाइकूलाई संग्रहको रुपमा प्रकाशन गरिने र यात्रा हाइकूलाई हरेक ऋतु परिवर्तनसंगै निरन्तरता दिइने साहित्यकार राम कुमार पाँडेले जानकारी गराउनुभयो। साहित्यकार मित्रबन्दू पौडेलले यात्रा अविस्मरणीय रहेको प्रतिक्रिया दिनुभयो।उहाँका अनुसार हाइकूसंगै प्राकृतिक वातावरणको बिचरण र पुनर्ताजगीका दृष्टिले पनि यसको निरन्तरता आवश्यक रहेको बताउनुभयो।कवियत्री शुष्मा मानन्धरले हाइकू लेखनलाई यस किसिमका कार्यक्रमले प्रोत्साहन दिने हुँदा देशब्यापी आयोजना गरिनुपर्नेमा जोड्दिनुभयो।कलात्मक र व्यंग्यात्मक शैलीमा संचारकर्मी तथा कलाकार शिरोमणि दवाडीले संचालन गरेको कार्यक्रमले निकै रोचकता थपेको थियो। जापानबाट सुरु भएको हाइकू लेखनलाई नेपालमा २०१९ सालमा त्यसबेलाका चर्चित साहित्यकार शंकर लामिछानेले भित्र्याएका हुन् ।यो ५-७-५ अर्थात् जम्मा १७ अक्षरमा लेखिने ज्यादै कसिलो साहित्यिक सिर्जना हो।यात्रा सम्पन्न ।

शाकाहारी अनमोल केसी

अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...

सामान्य ज्ञान

                           ...

साई अवतार नेपालमा

साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...

धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )

१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...

आहार योग

आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि)   आहार योग पनि योगको नै...

©2017 Kawach Online All Rights Reserved...