Friday 6th March 2026

हंगकंगमा क्रियाशील महिलाका रुपमा करुणा श्रेष्ठ सम्मानित

हंगकंगमा रहेर खेलकुदको विकास,समाजसेवा तथा सौन्दर्य व्यसायमा सक्रिय करुणा श्रेष्ठ सम्मानित भएकी छिन्।
११५ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा गैर आवासिय नेपाली संघ हंगकंग ( महिला फोरम ) र नेपाली महिला संघ हंगकंगद्वारा संयुक्त रुपमा आयोजित कार्यक्रममा उनलाई सम्मान गरिएको हो। प्रमुख अतिथि तथा बक्ताका रुपमा सहभागी हुन हंगकंग पुगेकी गण्डकी प्रदेश सांसद सरस्वति गुरुङ्गले सम्मान पत्र प्रदान गर्दै श्रेष्ठलाई मंङ्गककस्थित कम्युनिटी हलमा आयोजित भब्य समारोह बीच सम्मान गरेकी हुन्। हंगकङ्गमा क्रियाशील नमोबुद्ध धर्म गुम्बा, हेभेन्ली निर्माणा पाथ महिला बिभाग,तमु एशोसिएसन, किरांत राई, चाम्लिङ्ग खाम्बातिम, मिसेस एच के नेपाल टिम, मगर महिला संघ, तामांग घेदुंग लगायत संघ संस्थाको सह-आयोजना रहेको कार्यक्रममा श्रेष्ठलाई हंगकंगमा क्रियाशील नेपाली महिलाका रुपमा अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भ पारेर सम्मान गरिएकोमा आफूलाई निकै हौशला मिलेको श्रेष्ठले बताएकी छिन। नेपालमा रहंदा राष्ट्रिय स्तरको कबड्डी खेलाडीका रुपमा चिनिएकी करुणा श्रेष्ठ टप माउन्टेन ताइक्वान्दो एशोसिएसन, हंगकंग सितेरियो करांतेकी फस्ट डन हुन्। त्यसैगरी नेवार सामाज हंगकंगमा संरक्षक, सहारा क्लब, गैर आवासीय नेपाली संघ महिला बिभाग, चेम्बर अफ कमर्श र नेपाली महिला संघ हंगकंगमा सक्रिय सदस्यका रुपमा उनी क्रियाशील छिन्। सौन्दर्य व्यवसायीका रुपमा समेत क्रियाशील श्रेष्ठ पछिल्लो समय अभिनयमा समेत सक्रिय छिन्।


शाकाहारी अनमोल केसी

अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...

सामान्य ज्ञान

                           ...

साई अवतार नेपालमा

साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...

धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )

१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...

आहार योग

आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि)   आहार योग पनि योगको नै...

©2017 Kawach Online All Rights Reserved...