Saturday 2nd May 2026
राजावादीले सडक छेक्दा विमानस्थल क्षेत्रमा यात्रुलाई हैरानी
काठमाडौं- राजावादीको प्रदर्शनका कारण त्रिभुवन बिमानस्थल भएर आवातजावत गर्ने यात्रुलाई सास्ती भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गेटमा राजावादीहरुको प्रदर्शन भएपछि यात्रुहरूलाई सास्ती भएको हो । त्रिभुवन विमानस्थल भएर जाने र फर्कने यात्रुहरू गेटैबाट आफ्नो सामान बोकेर भित्र जान बाध्य भएका छन् ।
उनलाई स्वागत गर्न राप्रपा, राप्रपा नेपाल, शिव सेना नेपाल र राजावादी विभिन्न संघसंस्थाहरु विमानस्थलको गेटसम्म पुगेका हुन् । उनीहरुले राष्ट्रिय झण्डा र ज्ञानेन्द्र शाहको फोटो भएको ब्यानर समेत बोकेका छन् । पूर्वराजा शाहको स्वागतका लागि भनेर भेला हुनेहरुको भिड बढ्दै गएपछि सवारी आवागमन पनि प्रभावित भएको छ ।
काठमाडौंका विभिन्न स्थानबाट राजावादी कार्यकर्ताहरु एयरपोर्ट आउँदैछन् । दुर्गा प्रसाईंका समर्थकहरु अहिले तीनकुनेमा जम्मा भएका छन् । उनीहरु एकत्रित भएर एयरपोर्ट जाने तयारी छ ।
साथै विमानस्थल प्रवेशमा कडाइका साथै निगरानी भइरहेको छ। गोल्डेन गेटबाट विमानस्थलमा आफन्त लिन तथा पुर्याउन जानेहरुलाई टिकट जाँच गरेरमात्रै पठाइएको छ। पठाओ र इन्डाइभलाई विमानस्थल प्रवेश गर्न दिइएको छैन।
शाकाहारी अनमोल केसी
अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...
सामान्य ज्ञान
...
साई अवतार नेपालमा
साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...
धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )
१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...
आहार योग
आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि) आहार योग पनि योगको नै...
