Wednesday 11th March 2026

त्रिवि सेवा आयोगमा विभिन्न पदका लागि दरखास्त आह्वान

काठमाडौं।  त्रिभुवन विश्वविद्यालयअन्तर्गतका विभिन्न निकायका लागि त्रिवि सेवा आयोगले ७ सयभन्दा बढी कर्मचारी माग गरेको छ ।  आज एक सूचना जारी गर्दै कर्मचारीको लागि दरखास्त आह्वान गरिएको छ ।

प्रशासनिक र प्राविधिक पदहरूमा बढुवा, आन्तरिक तथा खुला, प्रतियोगिताद्वारा पदोन्नति तथा स्थायी पदपूर्ति गर्नु पर्ने भएकोले कर्मचारी नियुक्ति तथा बढुवाको सिफारिस सम्बन्धी विनियम अनुसार कर्मचारी माग भएको सूचनामा उल्लेख छ ।

आवेदनका लागि अधिकृत तृतीयस्तरका लागि २ हजार ८ सय रुपैयाँ, मुख्य सहायक प्रथमका लागि २ हजार रुपैयाँ, सहायक द्वितीय पदका लागि १ हजार ५ सय रुपैयाँ र थप समोवशी पदका लागि २० प्रतिशत दस्तुर अनलाइनमार्फत बुझाउनुपर्ने व्यवस्था गरेको छ ।

आयोगले शाखा अधिकृतदेखि कार्यालय सहायकसम्मको पदका लागि आवेदन खुलाएको हो । योग्यता पुगेका इच्छुक नागरिकले चैत ११ गतेभित्र आवेदन दिन सक्नेछन् भने दोब्बर दस्तुर तिरेर चैत १८ गतेसम्म आवेदन दिन सक्नेछन् ।

शाकाहारी अनमोल केसी

अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...

सामान्य ज्ञान

                           ...

साई अवतार नेपालमा

साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...

धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )

१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...

आहार योग

आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि)   आहार योग पनि योगको नै...

©2017 Kawach Online All Rights Reserved...