Saturday 11th April 2026
ज्ञानलाई सीपमा बदल्न र प्रयोग गर्न सक्नुपर्ने
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले शिक्षा भनेको ज्ञान लिनु मात्र नभएको बताएका छन् । \ शुक्रबार हिन्दू स्वयंसेवक संघ नेपालले सञ्चालन गरेको स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षामा बोल्दै उनले ज्ञानलाई सीपमा बदल्नु र प्रयोग गर्न सक्नुपर्ने बताएका हुन् ।
उनले भने, ‘शिक्षा भनेको ज्ञान लिनु मात्र होइन । पाएको ज्ञानलाई सीपमा बदल्नु र प्रयोग गर्न सक्ने हुनुपर्छ । हामीले जानेका कुरालाई व्यवहारमा परिवर्तन गर्न सक्दैनौ तवसम्म पढाईको महत्व हँुदैन ।’ उनले संस्कृति ज्ञान केन्द्रको परीक्षाले ज्ञानलाई सीपमा बदल्ने, सीपलाई व्यवहारमा बदल्ने र त्यो व्यवहारलाई अझै राम्रो कसरी बनाउन सकिन्छ भनेर सकरात्मक दृष्टिकोण राख्न सन्देश दिने बताए ।
उनले हिन्दुत्व भनेको जीवन कसरी जिउने भन्ने दृष्टिकोण रहेको बताए । उनले भने,‘हिन्दुत्व भनेको जीवन कसरी जिउने, समाजलाई हेर्ने भन्ने हो । आज विश्व एकै ठाउँमा छ । हिजो विश्वसँग जोडिन गाह्रो थियो तर आज मोबाइलबाट सजिलै जोडिएका छौ ।’
उनले आफ्नो जीवनलाई अगाडि लैजान आफंैलाई चिन्न सक्नुपर्ने पनि बताए ।
शाकाहारी अनमोल केसी
अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...
सामान्य ज्ञान
...
साई अवतार नेपालमा
साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...
धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )
१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...
आहार योग
आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि) आहार योग पनि योगको नै...
