Friday 6th March 2026
ललितपुर चक्रपथ महानगर सफाइ अभियानको २५४ औं सफाइ कार्यक्रम सम्पन्न :

ललितपुर चक्रपथ महानगर सफाइ अभियानले २५४ औं हप्ता अन्तरगत शनिबार ललितपुर नगर भित्रको सफाइ कार्यक्रम प्रारम्भ गरेको छ।झाडु लगाएर अभियान सुरु गर्दै प्रमुख अतिथी ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले प्लास्टिकको झोलाको विकल्पमा कपडाको झोला घर-घरमा पुर्याउने उद्घोष गर्नुभयो ।नगरवासीलाई सरसफाइको भावना जागृत गराउँदै सूसुचित गराउन सके वातावरण सफाइ अभियान दीर्घकालीन रुपमा नै सफल हुने उल्लेख गर्नुभयो ।आफूले गरेको फोहोरको ब्यबस्थापन ब्यक्ती तथा समुदाय आफैंले गर्न सकेमा फोहरमैला ब्यबस्थापन सहज बन्दै जाने बताउँदै सरसफाइ कार्यक्रमलाई आफूले सधैँ साथ दिने उल्लेख गर्नुभयो ।
अभियानका प्रवक्ता लक्ष्मी प्रसाद घिमिरेले सरसफाइ अभियानलाई निरन्तरता दिइने जानकारी गराउनुभयो।संयोजक लक्ष्मी प्रसाद गेलाल तथा उप-संयोजक अभियन्ता सहदेव राउतले २४३ हप्तासम्म ललितपुर चक्रपथ,बल्खुदेखि बालकुमारीसम्म निरन्तर सफाइ कार्यक्रम सम्पन्न गरि सकेर २५४ औं हप्तादेखि ललितपुरका २९ वडाहरूमा अभियानको थालनी गरिएको जानकारी गराउनुभयो।ललितपुर वडा नम्बर १०का अध्यक्ष रबिनमान ब्यन्जनकार ललितपुर अभिभावक संघका अध्यक्ष देवराज लामिछाने,समाजसेवी टिकाराम दहाल लगायत नेपाल प्रहरी,नगर प्रहरी शिक्षक,विद्यार्थी ,स्काउट स्थानीय क्लब तथा महिला समुह लगायत ललितपुरस्थित विभिन्न संघसंस्थाका प्रतिनिधिहरू सम्मिलित ललितपुर चक्रपथ महानगर सफाइ अभियान अन्तर सोमबारको कार्यक्रम कुपोन्डोलदेखि कानदेवता हुँदै पुल्चोकसम्म र ललितपुर महालक्ष्मी नगरपालिका वडा नम्बर ८ स्थित महालक्ष्मी बगैंचा पोखरीसम्म सन्चालन गरिएको थियो।

शाकाहारी अनमोल केसी
अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...
सामान्य ज्ञान
...
साई अवतार नेपालमा
साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...
धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )
१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...
आहार योग
आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि) आहार योग पनि योगको नै...
