काठमाडौं ।साहित्यिक पत्रकार संघले काठमाडौंमा कवि प्रा. डा.गोपी उप्रेतीको कविता सङ्ग्रह ”प्रकृत्या सहजीवनम्’ को परिचर्चा कार्यक्रमको आयोजना गर्यो ।
साहित्यिक पत्रकार संघका अध्यक्ष अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा आयोजित सो कार्यक्रम वरिष्ठ कलाकार मदनदास श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रमका विशिष्ट अतिथि वरिष्ठ समालोचक प्रा.डा.गोविन्दराज भट्टराईले प्रा.डा.गोपी उप्रेतीको कविता सङ्ग्रह ‘प्रकृत्या सहजीवनम्’को चर्चा गर्दै प्रकृति र मानव जीवनको महत्व माथि प्रकाश पार्नु भयो । उहाँले पर्यावरणीय साहित्यको औचित्यको उल्लेख गर्दै ‘प्रकृत्या सम्ले दिन खोजेको सन्देशबारे आफ्नो गम्भीर मन्तव्य राख्नु भयो ।
यसैगरी कार्यक्रममा साहित्यकारहरु कृष्ण बाउसे, डा.दामोदर पुडासैनी र मन्जिला अनिल ,वरिष्ठ इतिहासविद् प्रा.डा सुरेन्द्र के.सी. मानवअधिकारकर्मी सुशील प्याकुरेल, कृतिकार कवि प्रा. डा.गोपी उप्रेती, अध्यक्ष राधेश्याम लेकालीले आआफ्नो मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रमको संचालन सर्जक कमला रिसाले गर्नु भएको थियो ।