निराज खड्काको पुस्तक ‘नार्कोलोजी’ लोकापर्ण

काठमाडौं । लेखक निराज खड्काद्वारा लिखित ‘नार्कोलोजी’ नामक पुस्तक लोकापर्ण गरिएको छ ।

बुधबार एक बिशेष समारोहकाबीच पाल्पाली संङ्गमका आजीवन सदस्य अधिवक्ता  खड्काको पुस्तक ‘नार्कोलोजी’ लोकापर्ण गरिएको हो ।

उक्त पुस्तक लोकापर्ण समारोहमा बोल्दै एमालेका सांसद ठाकुर गैरेले सो पुस्तकमा महत्वपूर्ण दस्तावेजहरु प्रकाशित गरिएको बताए । उनले लागुऔषधसँग सम्बन्धित विषयहरु पुस्तकमा प्रकाशित हुँदा लागुऔषधको कारणले आक्रान्त बनेको समाजमा परिवर्तन आउने विश्वास व्यक्त गरे ।

उनले भने, ‘यो पुस्तकमा लागुऔषधसँग सम्बन्धित विषयहरुले पारेका प्रभावहरुको  नियन्त्रण, न्युनिकरणको अभियानमा जुटेका अभियान्ताहरुका लागि र यो  लागुऔषधको कारणले आक्रान्त भएको समाज यसका कारणले समस्यामा परेका व्यक्तिहरु यसबाट मुक्त गर्नको  लागि नेपाल सरकारले  अवलम्बन गरेका नीतिहरु, कानूनहरु जे छ त्यसको कार्यान्वयन थप व्यवस्थित कानून निर्माण गर्ने लगायत सिंगो  समाजलाई एउटा सहि दिशातर्फ निर्देश दिशाबोध गर्ने एउटा महत्वपूर्ण दस्तावेजको रुपमा यो  पुस्तक प्रकाशन भएको छ ,जस्ले धेरै कुराहरुमा महत्वपूर्ण भूमिका खेल्नेछ ।’

साथै उनले यसरी राम्रा कामहरु गर्दै जाँदा सबैलाई हौसला समेत मिल्ने गरेको बताए । उनले यो  पुस्तक पढेर  धेरै मानिसहरु प्रभावित हुने समेत बताए ।