Tuesday 10th March 2026
निराज खड्काको पुस्तक ‘नार्कोलोजी’ लोकापर्ण
काठमाडौं । लेखक निराज खड्काद्वारा लिखित ‘नार्कोलोजी’ नामक पुस्तक लोकापर्ण गरिएको छ ।
बुधबार एक बिशेष समारोहकाबीच पाल्पाली संङ्गमका आजीवन सदस्य अधिवक्ता खड्काको पुस्तक ‘नार्कोलोजी’ लोकापर्ण गरिएको हो ।
उक्त पुस्तक लोकापर्ण समारोहमा बोल्दै एमालेका सांसद ठाकुर गैरेले सो पुस्तकमा महत्वपूर्ण दस्तावेजहरु प्रकाशित गरिएको बताए । उनले लागुऔषधसँग सम्बन्धित विषयहरु पुस्तकमा प्रकाशित हुँदा लागुऔषधको कारणले आक्रान्त बनेको समाजमा परिवर्तन आउने विश्वास व्यक्त गरे ।
उनले भने, ‘यो पुस्तकमा लागुऔषधसँग सम्बन्धित विषयहरुले पारेका प्रभावहरुको नियन्त्रण, न्युनिकरणको अभियानमा जुटेका अभियान्ताहरुका लागि र यो लागुऔषधको कारणले आक्रान्त भएको समाज यसका कारणले समस्यामा परेका व्यक्तिहरु यसबाट मुक्त गर्नको लागि नेपाल सरकारले अवलम्बन गरेका नीतिहरु, कानूनहरु जे छ त्यसको कार्यान्वयन थप व्यवस्थित कानून निर्माण गर्ने लगायत सिंगो समाजलाई एउटा सहि दिशातर्फ निर्देश दिशाबोध गर्ने एउटा महत्वपूर्ण दस्तावेजको रुपमा यो पुस्तक प्रकाशन भएको छ ,जस्ले धेरै कुराहरुमा महत्वपूर्ण भूमिका खेल्नेछ ।’
साथै उनले यसरी राम्रा कामहरु गर्दै जाँदा सबैलाई हौसला समेत मिल्ने गरेको बताए । उनले यो पुस्तक पढेर धेरै मानिसहरु प्रभावित हुने समेत बताए ।
शाकाहारी अनमोल केसी
अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...
सामान्य ज्ञान
...
साई अवतार नेपालमा
साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...
धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )
१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...
आहार योग
आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि) आहार योग पनि योगको नै...
