–गंगा ढकाल
आयुर्वेद दुई शब्दको संयोजित शब्द हो । विभिन्न ग्रन्थहरुमा आयुर्वेदको व्याख्यालाई मानिसको जीवनदर्शनमा आधारित मानिएको छ । आयुको अर्थ जीवन र वेदको अर्थ ज्ञान भनिएको छ । त्यसैले आयुर्वेदलाई आयुको बारेमा जानकारी राखिने ज्ञानविज्ञान मानिन्छ । रोगीलाई रोगबाट मुक्त राख्नु, निरोगीलाई स्वस्थ राखिनु आयुर्वेदको मुख्य मर्म हो । मनुष्यमा मात्र नभएर सम्पूर्ण प्राणी, जनावर, किरा, कमिला, चराचुरु¨ीमा समेत लागु हुन्छ । किनकि आयुर्वेदको मुख्य एउटा जीवनशैली हो । पशु जगतबाट प्राप्त पदार्थ र वनस्पतीमा पाइने प्राकृतिक उपज आयुर्वेदिक औषधी भएकाले यसबाट कुनै साइड इफेक्ट छैन भन्न सकिन्छ ।
मानव सभ्यताको सुरुवातस“गै आर्य भूमीबाट उत्पती भएको यो विधा जब मानिस जंगली जीवनबाट सामाजिक जीवन विताउन थाले तब आर्युवेदको प्रयोग हुन थालेको कुरा ग्रन्थहरुमा पाइन्छ । सिन्धुबासीहरुले सिन्धु सभ्यताको क्रममा सामाजिक जीवन विताउ“दा स्वस्थ र सरसफाइमा आर्युवेदको प्रयोग गरिएको कुरा पाइन्छ भने पौराणिक कालदेखि ऋषीमहर्षीहरुले प्रयोग गरिएको पूर्वीय ग्रन्थ वैद गीता भागवतमा आयुर्वेदको व्याख्या मात्र गरिएको छ ।
भुलोकमा वनस्पतीको उत्पती भएको कुरा ऋग्वेदमा पाइन्छ भने मनुष्यले बनस्पतीको प्रयोग गरी स्वास्थ्यको रक्षा गरेको कुरा अर्थवेदमा पाइन्छ । त्यसैले आर्युवेदलाई अर्थवेदको उपवेद पनि भनिन्छ ।आर्युवेदको विकास क्रममा सबै वनस्पतिहरु औषधी हुन सक्दैनन । गुण, कर्म, दोष, संयोग मिसाउन सकिएन ÷जानिएन भने विष पनि हुन सक्छ त्यसैले यसको ज्ञान हुन जरुरी छ भनेर चरक संहितामा व्याख्या गरिएको छ । (जस्तै ः चोपलाई फाल्नु, छा“यालाई फाल्नु, कुटेर धुलो पार्नु, सुकेपछि मात्र खानु ।) अझ आयुर्वेदको विकास क्रममा सबै अंगहरु औषधी हुदैनन् केही अंगहरुलाई काटेर फाल्नु पर्छ, अन्य वस्तुहरुस“ग सम्मिश्रण वा जोडेर प्रयोग गर्नु मात्रै औषधीजन्य हुनेछ भन्ने कुरा शुसुप्त संहितामा उल्लेख गरिएको छ । अझै विकासको क्रममा सबै अष्टां¨ संग्रह, भौतिक रचनाहरु प्रकाशनमा आउन थाले, अन्तमा वैधराज सुषेण देवको आयुर्वेदिक महोददी नामको संग्रहले संयोग भोजन, वैरोध भोजन जस्ता विषयहरुलाई छर्ल¨ बनाइ आहार विहार पनि ठूलो औषधी हो भन्ने तर्क दियो । जसलाई आयुर्वेदको महासागर पनि भनिन्छ ।
पछिल्ला दिनहरुमा आहार सगैं विहारको पनि व्याख्या हुन थाले । महर्षी पतञ्जलीले अष्टा¨ योगको परिभाषा गरे । जहा“ यम, नियम, आहार, आसन, प्राणयाम,ध्यान, धारणा, समाधीको व्याख्या गरिएको छ र पछिल्ला दिनहरुमा आयुर्वेदको चर्चा पाउ“दै जीवन जोगाउन व्यायामको जरुरी महसुस भयो त्यसैले प्रकृति–प्रकृतिको आसनहरु जन्मिए । जो आयुर्वेदको परिभाषाभित्र पर्दछ । भोजन पोषणको व्याख्या हुन थाले । आयुर्वेदको सम्बन्ध छ भन्ने कुरालाई स्वीकार गर्न थालियो । आयुर्वेदलाई राम्ररी पहिचान गर्न सके मानिसको जीवन जोगाउने कुरामा महत्वपूर्ण भूमिका मान्न सकिन्छ । यसका पनि विभाग र शाखाहरु छन ः
क) काया चिकित्सा ः औषधीको प्रयोग । (आयुर्वेदिक औषधी भन्नाले हाम्रो भान्सामा प्रयोग गरिने नुन, तेल, दाल, जीरा, मरिच, लसुन, प्याज, ल्वाङ, सुकमेल, मेथी, ज्वानो, तील अनेक मान्न सकिन्छ ।)
ख) शल्यचिकित्सा ः उपकरणको प्रयोग ।
ग) सालक्य चिकित्सा ःनाक, कान, घा“टी सम्बन्धी । (नेती, वस्ती, धौती, वनम आदि)
घ) अधतन्त्र ः विष–विषादी सम्बन्धी ।
ङ) भुतविधा ः मानसिक वा दशाग्रह । ( रत्नहरुको प्रयोग गर्नु, वस्तु पूजागर्नु, होमादी गर्नु आदि)
च) बालतन्त्र ः बालबालिका सम्बन्धि ।
छ) रसायनतन्त्र ः विकार सम्बन्धि ।
ज) बाजिकरण तन्त्र ः शुक्र सम्बन्धि ।
दैनिक ८÷१० गिलास पानी खानु, रेसादार तरकारी खानु, सकेसम्म बोक्रायुक्त खानेकुरा खानु, मकै, भटमास, गेडागुडी खानु, मौसमी फलफूलको सेवन गर्नु, चाँडो सुत्नु, चाँडै उठ्नु, हरेक दिनविहान १०–१५ मिनेट हि“ड्नु योग प्राणायम मेडिटेसन गर्नु, पूजापाठ गर्नु, भगवानको आराधना गर्नु ६÷६ महिनामा शरिरको चेक जा“च गर्नु, बासी खानेकुरा नखानु, आयुर्वेदिक उपचार शैलीहरु हुन ।
अन्तमा, हाम्रो भान्सा औषधीको राजधानी हो भने भान्सेहरु घरका डाक्टरहरु हुन् । भान्सेका हातमा परिवारका सदस्यको स्वास्थ्य जोडिएको हुन्छ । त्यसैले “रेडीमेट खानेकुरा होइन, लेडिमेड खानेकुरा खानसिकाउन”, “माउबाट उब्जिएको भन्दा माटोमा उब्जिएको” “चुलोमा पाकेको भन्दा सूर्यमा पाकेको खाने बानी बसालौं ।”