दैनिक तरकारीका रुपमा प्रयोग हुने फर्सी बहुउपयोगी लहरे फल हो । फर्सीका लहरा, फर्सीका गट्टा, पाकेको फर्सी सबै एकै वनस्पतीका फरक फरक स्वादका तरकारीका रुपमा प्रयोग गरिन्छन् । फर्सीको विया समेत अचारका लागि उपयोगी मानिन्छ । फर्सी लामो समयसम्म सुरक्षित राख्न सकिने फल हो । हरियो, सुन्तला, पहेलो, केही सेतो गरी विभिन्न रंगमा पाइने फर्सी विभिन्न जातका हुन्छन् । गोलाकार, च्याप्टो, लामो आकारमा समेत पाइने फर्सीलाई संस्कृतमा कुस्माण्ड र हिन्दीमा कद्दू भनेर चिनिन्छ । कलिला फर्सीका गट्टा तरकारीका रुपमा प्रयोग गरिएपनि पाकेको फर्सी चाहि त्यसै उसिनेर पनि खाने गरिन्छ । फर्सीको रस काचै वा पकाएर दुवै तरिकाले खान सकिन्छ । स्वादका दृष्टिले जसरी खाएपनि फर्सी एक बहुउपयोगी औषधी तथा भिटामिन पनि हो । फर्सीमा प्रोटिन कार्वोहाइट्रेड, खनिज पदार्थ, फस्फोरस, भिटामिन ए, वी र सी समेत पाइन्छ । फर्सी क्यालोरी युक्त रेशादार फल हो । फर्सी मधुमेह, कोलस्टोल, हृदय रोग तथा मुत्र विकारका लागि ज्यादै उपयोगी मानिन्छ । रगतमा मिसिएको चिनीको मात्रालाई नियन्त्रण गर्न, पेङ्गक्रियाजलाई क्रियाशीलता दिन फर्सी विशेष उपयोगी मानिन्छ । चर्मरोग, पित्त विकारका लागि पनि फर्सी औषधीतुल्य मानिन्छ । फर्सी छाक टार्ने तरकारी मात्र नभइ रोग टार्ने आयुर्वेदिक औषधी पनि हो भनेर बुझ्दा हुन्छ । अमेरिकामा उत्पादन सुरु गरिएको फर्सी अहिले विश्वव्यापी बनेको छ । नेपाली परिवेशमा हिमाल, पहाड, तराई, सवै भु–भागमा पाइने फर्सी स्वास्थवर्धक फल हो ।
फर्सीका औषधीमूलक विशेष गुण र उपयोग यस प्रकार छन् ।
१. पाकेको फर्सीको तरकारी नियमित खानाले आ“खा सम्वन्धि रोग वा आ“खामा समस्या आउन दि“दैन । दृष्टी मजवुत
हुन्छ ।
२. फर्सीको विया“को तेलले मालिस गरे शरीर मजवुत भई स्फूर्ति बढ्छ । कपालमा प्रयोग गर्नाले कपाल फुल्ने समस्या
आउँदैन ।
३. फर्सीको रस शरीर चिलाउने वा लुतो भएको ठा“उमा दल्नाले चिलाउने कम भइ लुतो जस्ता चर्मरोग निको हुन्छ ।
४. फर्सीको नियमित प्रयोगले दिमाग स्वस्थ हुनुका साथै मानसिक रोग छ भने पनि निको पार्छ ।
५. फर्सीको ८÷१० वटा वियाँ ४÷५ दिनसम्म राती चवाएर खानाले जुका पर्न दिँदैन । परेको भएपनि निर्मुल पार्छ ।
यसमा ‘आइरन’ तत्व बढी हुनाले ‘एनेमिया’ बाट पनि बचाउँछ ।
६. पहेंलो भएर पाकेको फर्सीले क्यान्सर हुने सम्भावनालाई समेत कम गर्छ ।