–मानसाग्नि
विश्वमा विकसित कुनै पनि विज्ञानको आप्mनो मूल सिद्धान्त हुन्छ । त्यही सिद्धान्तको जगमा समग्र प्रस्तृति हुन्छ । वास्तवमा भन्ने हो भने कुनै पनि कुराको सिद्धान्त भनेको त्यसको आत्मा हो वा परम ऊर्जा हो । यदि यो नै स्पष्ट छैन भने सारा संचालन निष्कृय हुन्छ र समाप्त पनि । मनोविज्ञानको कुरा होस् वा शरीर विज्ञानको, जीवन विज्ञानको कुरा होस् वा यन्त्र विज्ञानको, सबै आ–आफ्नो सिद्धान्तमा अडेका हुन्छन् । यही आधारभूमिबाट अनन्त खोज चलिरहन्छन् । चिकित्सा विज्ञानलाई हेर्ने हो भने पनि एलेपैथीको आफ्नै सिद्धान्त छ । ऊ जीवाणु (भाइरस, व्याक्टेरिया) लाई रोगको मूल कारण मान्दछ र हरेक छुट्टाछुट्टै जीवाणुले छुट्टाछुट्टै रोग पैदा गर्ने कुरालाई जोड दिंदै ती जीवाणुहरूलाई नाश गर्नुलाई उपचार मान्दछ । आयुर्वेदले वात, पित्त र कफको असन्तुलनलाई रोगको मूल कारण मान्दछ र आहार, विहार एवं औषधिहरूको सम्यक् प्रयोगद्वारा वात, पित्त र कफलाई सन्तुलित गर्नुलाई उपचार मान्दछ । यस्तै अन्य चिकित्सा पद्धतिहरूका पनि आ–आफ्नै मूल सिद्धान्तहरू छन् ।
आजसम्म विकसित विश्वमा जति पनि चिकित्सा पद्धतिहरू छन्, तिनमा प्राकृतिक चिकित्साको स्थान शीर्ष पंक्तिमा छ जसको मूल कारण यसको चरम वैज्ञानिक सिद्धान्त हो । आजसम्मका विश्वका सबै चिकित्सा पद्धतिहरूले रोगका हजारौं नाम र औषधिका हजारौं नाम खोजेर पनि अपूर्ण भइरहेका छन्, अपाङ्ग छन् । त्यसको प्रमुख कारण रोगको कारण नखोजी लक्षणहरूमा अलमल गर्नु नै हो । प्राकृतिक चिकित्सा मात्र एक त्यस्तो चिकित्सा विज्ञान हो जसले लक्षण र रोगका नामहरूमा कोही ध्यान दि“दैन । कारणको खोज र त्यसको निदान नै यसको मूल उद्देश्य छ । त्यसैले प्राकृतिक चिकित्सा भन्दछ–‘‘कारण एक, उपचार एक ।’’ स्वास्थ्यको अर्थ नै हो पूर्ण । जहा“ कुनै संरचनामा थोरै मात्र पनि कमी आउ“छ, अपूर्णता आउ“छ, त्यो अस्वस्थावस्था हो । यसैले मानव स्वास्थ्यका बारेमा कुरा गर्दा पनि पूर्णकै खोजी गर्नुपर्दछ, अपूर्णको होइन । आज शारीरिक स्वास्थ्यलाई मात्र प्रमुख मानी रोग र जीवाणुहरूका पछि औषधिका अस्त्र बोकेर युद्ध गरिरहेका औषधिजन्य चिकित्सा पद्धतिहरूले स्वास्थ्यको सम्पूर्णावस्थालाई त खण्डित ग¥यो नै, त्यही एक खण्ड शरीरलाई पनि स्वस्थ बनाउन सकेन । जबसम्म रोगको कारणलाई निर्मूल गर्न सकि“दैन तबसम्म पूर्ण स्वास्थ्य सम्भव नै छैन । यदि शरीरमा देखिएका हरेक लक्षणलाई औषधिद्वारा दबाउ“दैमा वा आहार, विहार र विश्रामजस्ता स्वास्थ्यका मूलभूत कुराहरूलाई ध्यान नदिई गोली, सुई र शल्यक्रियाले मानिसलाई स्वस्थ बनाउन सकिने भए आज विश्वलाई दिन–प्रतिदिन नया“ रोगको चुनौती स्विकार्नुपर्ने थिएन । कहिले क्षयरोग त कहिले प्लेग, कहिले क्यान्सर त कहिले एड्स । विभिन्न नाममा भयावहताको शंखघोष गर्दै विभिन्न घातक रोग देखा परिरहेका छन् । औषधि विज्ञान औषधिको बलले केही क्षण लक्षण रोक्न सफल भएपछि आप्mनो प्रलाप शुरु गर्दछ । हिजोका दिनमा विश्वबाट नै उन्मूलन भएको भनिएका विफर, प्लेग, मलेरिया, हैजा आज पनि महामारीका रूपमा किन देखा पर्दैछन् ? मानिसको साहस र संकल्पलाई यसरी चुनौती आउनुको प्रमुख कारण हो–मानिसले प्राकृतिक जीवन र प्रकृतिमाथि गरेको अतिक्रमण ।
जबसम्म मानव शरीरमा मल वा विजातीय द्रव्यको संकलनलाई घटाउन र जीवनी शक्तिलाई बढाउन सकि“दैन तबसम्म कुनै पनि विकल्पले स्वास्थ्य दिन सक्दैन । आजभन्दा करिब ५० वर्ष पहिलेदेखि विश्वभरि आधुनिक चिकित्सा विज्ञानले मानव शरीरको प्रतिरोधक क्षमता वा जीवनी शक्ति कसरी बढाउने भन्ने बारेमा खोज, अनुसन्धान गर्दै आयो र पनि कतिपय औषधिको आविष्कारभन्दा बढी केही हुन सकेन । प्रतिरोधक क्षमता औषधि प्रयोगद्वारा बढाउनाले क्षणिक वृद्धि भई रोगको लक्षण समाप्त भए पनि प्रतिरोधक शक्तिको स्थिति शरीरमा स्थिर हुन सकेन । औषधिले यो सम्भव हुने कुरा पनि होइन । अब यताका दिनमा आधुनिक चिकित्सा विज्ञान घुमफिर गर्दै एक कुरामा सहमत त भएको छ–हरेक रोगबाट मानिसलाई केवल उसको जीवनी शक्ति वा प्रतिरोधक शक्तिले मात्र बचाउन सक्दछ, स्वस्थ राख्न सक्दछ । तर एउटा भ्रम अभैm बा“चेको छ औषधिले नै प्रतिरोधक शक्तिलाई बढाउन सक्दछ भन्ने । अब छिट्टै औषधि विज्ञानले वा त प्राकृतिक रूपमा विजातीय द्रव्य मल निष्काशन र जीवनी शक्तिलाई वृद्धि गरेर स्वस्थ र दीर्घजीवी हुने कला एवं विज्ञानको स्वीकार र उत्थानमा लाग्नेछ या त रोगका अगाडि घु“डा टेक्नेछ । औषधि विज्ञानले आज भनिरहेको छ–एड्सबाहेक विश्वमा हरेक रोगको औषधि पत्ता लागिसकेको छ । यो भ्रामक भाषण हो । मधुमेह, दम, मुटुका रोगहरू, बाथ, पेटका रोगहरूजस्ता कतिपय रोगहरू छन्, जसका लागि जीवनभर औषधि खानुपर्दछ, दुई–चार दिन औषधि खाएर पुग्दैन । जीवनभर भोजनभन्दा औषधि नजीक राखेर बा“च्ने बाध्यता पनि उपचार हो र ? यो रोकथाम मात्र हो । यसरी प्राप्त स्वास्थ्य स्वप्नमहल हो, बालुवाको घर हो, कुनै पनि बेला टुट्न सक्दछ, ढल्न सक्दछ ।
प्राकृतिक चिकित्साको सिद्धान्त या दृष्टिकोण धेरै माथिल्लो एवं चरम वैज्ञानिक खोज हो । अति प्राचीन भएर पनि आज पनि वैज्ञानिक कसीमा त्यत्तिकै खरो उत्रिएको यसको वैज्ञानिक मूल्य र मान्यतासम्म पुग्नु चिकित्सा पद्धतिहरूले धेरै दिमाग र पैताला खियाउनुपर्दछ । अब म उपर्युक्त तथ्यलाई यही“ रोकेर लेखको प्रमुख विषय–प्राकृतिक चिकित्साको मूलभूत सिद्धान्ततर्पm लाग्दछु । प्राकृतिक चिकित्साका सामान्य सिद्धान्तहरू त कैयन् छन् र पनि मूल सिद्धान्त तीन वटा मात्र छन् । यी तीन वटा सिद्धान्तभित्र सबै सामान्य सिद्धान्त अट्न सक्दछन् र अटाएका छन् पनि ।
पहिलो सिद्धान्तः–
–विजातीय पदार्थको संकलन नै रोगको कारण ।
–संकलित विजातीय पदार्थको सफाइ नै उपचार ।
–अप्राकृतिक आदतहरू नै विजातीय पदार्थ संकलनको कारण ।
प्राकृतिक चिकित्साको प्रथम र आधारभूत यो सिद्धान्तले भन्दछ–‘सबै रोगको मूल कारण हो शरीरमा विजातीय पदार्थ वा मलको संकलन हुन् ।’ जब हाम्रो शरीरको कुनै भाग या अंगविशेषमा शरीरको गुण–धर्म विपरीत विजातीय पदार्थहरू संकलन हुन थाल्दछन् त्यसले त्यो भागको स्वस्थ कार्यक्षमतालाई नष्ट गरिदिन्छ । यो संकटावस्था पैदा हुनुको मुख्य कारण दुई हुन सक्दछन्– पहिलो, अप्राकृतिक आहार, विहार एवं विश्रामका कारण शरीरको गुणधर्म विरुद्ध अत्याधिक विजातीय पदार्थहरू शरीरमा प्रवेश हुनु र दोस्रो शरीरभित्र आन्तरिक क्रिया भइरहेको बेला उत्पन्न विजातीय पदार्थ निष्काशन गर्न सम्बन्धित अंगहरू असक्षम हुनु । शरीरभित्र कुनै पनि प्रकारले संकलित विजातीय पदार्थ (मल) हरू स्वस्थ र सन्तुलित शरीरले मृगौलाबाट पिसाबका रूपमा, ठूलो आन्द्राबाट दिसाका रूपमा, फोक्सोबाट प्रश्वास (वायु) का रूपमा, छालाबाट पसिनाका रूपमा, नाक वा गलाबाट कफका रूपमा, आ“खाबाट चिप्रा र आ“सुका रूपमा, कानबाट कानेगुजीका रूपमा–दृश्य रूपमा बराबर संकलित विजातीय पदार्थलाई बाहिर विसर्जित गरी शरीरलाई बा“चिरहेको हुन्छ । यदि उपयुक्त मल निष्काशनका अगंहरुमा कुनै कारणले निष्कृयता आयो भने या बाहिरबाट हाम्रो अप्राकृतिक या गलत आहार, विहार, विश्रामका कारण विजातीय पदार्थ बढी मात्रामा भित्र प्रवेश ग¥यो र हाम्रो मल निष्काशनका अंगहरुले सो विजातीय पदार्थ निष्काशन नै गर्न नसक्ने स्थिति पैदा भयो भने विजातीय पदार्थ संकलन हुनुले नै रोग नामक अवस्थालाई आमन्त्रण गर्दछ ।
यदि केही मिनेटसम्म श्वास प्रश्वासद्धारा २४ देखि ३६ घण्टासम्म छालाद्धारा, ६० देखि ८० घण्टासम्म मृगौलाद्धारा र १५ देखि २५ दिनसम्म ठूलो आन्द्राद्धारा शरीरमा संकलित विजातीय पदार्थ (मल) निस्किएन भने मानिस जीवित रहन पनि मुश्किल हुन्छ, कति अवस्थामा त मृत्यु नै हुन जान्छ । अस्वस्थ हुनु त सामान्य नै भयो । फ्रेन्च वैज्ञानिक बूचार्डले भन्नुभएको छ– “शरीर विषनिर्माणको कारखाना जस्तै छ । शरीरका आन्तरिक कार्य संचालनको बेला निस्कने यी मल या विष हाम्रो शरीरबाट लगातार बाहिर निस्किरहनुपर्दछ । यदि श्वास प्रश्वास, पसिना, मल–मूत्र आदिको रुपमा शरीरमा संकलित यी विजातीय पदार्थ या मलहरु निस्किएनन् भने यही रोग र मृत्युको कारण बन्दछ ।”
अप्राकृतिक आहार, विहार र विश्रामलाई छाडी प्राकृतिक जीवन जीउनाले शरीरमा विजातीय पदार्थ संकलन नभई स्वस्थ्य, सुन्दरता, शक्ति आयुको वृद्धि हुन्छ ।
दोस्रो सिद्धान्तः
–शरीर सदा शुभचिन्तक हुन्छ आप्mनो अस्तित्वप्रति ।
–रोग भनेको विजातीय पदार्थ निष्काशनका लागि शरीरले चालेको अभियान हो ।
–साधारण रोग औषधिद्वारा दबाउनु भनेको असाधारण रोगको आमन्त्रण गर्नु हो ।
प्राकृतिक चिकित्साको दोस्रो सिद्धान्तले भन्दछ–शरीर सदा शुभचिन्तक हुन्छ आप्mनो अस्तित्व रक्षाप्रति, चाहे बुद्धि प्रयोगद्वारा जति दुव्र्यवहार गरियोस् यसलाई । जब शरीरमा विविध कारणबाट विजातीय पदार्थ संकलन हुन्छ तब सो विजातीय पदार्थको बढाउबाट शरीरमा हुन जाने विघटनबाट बचाउन विजातीय पदार्थ (मल) निष्काशन अभियान शुरु गर्दछ शरीर स्वयंले, त्यसैलाई हामी रोग भन्दछौं । यो साधारण रोगरूपी शरीरको संकेतलाई नबुझी औषधिद्वारा लक्षण दबाउनु असाधारण रोगहरूको स्वागत हो, आमन्त्रण हो । जस्तो कि फोहोर फाल्ने कन्टेनर जब भरिन्छ र त्यसबाट बाहिर फोहोर खस्न थाल्दछ तब तत्काल संकलित फोहोर लगेर फालिदिनुपर्दछ, फोहोरविहीन बनाउनुपर्दछ, खाली बनाउनुपर्दछ, स्वच्छ, सफा कुराले ढाकेर राख्न थालियो भने अवश्य त्यो विष्फोटक हुन्छ, भित्रभित्रै फोहोर सड्दछ र घातक प्रभाव चारैतर्पm पैmलाउ“छ । त्यसैले आसपासको वातावरणलाई पनि नष्ट गर्दछ ।
शरीरमा देखिने रुघा–खोकी, पिनास, टन्सिल, जिब्रोमा आउने घाउखटिरा, झाडा–पखाला, ज्वरो, छाला चिलाउनु एवं घाउ–खटिरा, पिसाब पोल्नु, कान दुख्नु, आ“खा दुख्नु, शरीरका विभिन्न भाग फुल्नु वा सुन्निनु, कब्ज, पसिना नआउनु, सास फुल्नु, टाउको दुख्नु, मांसपेशीहरू दुख्नु आदि साधारण रोगहरू “विजातीय पदार्थ शरीरमा संकलन भयो, सफाइ जरुरी छ अन्यथा घातक अवस्था आउन सक्दछ” भनी गरेको संकेत हो । यसलाई बुझेर शरीर सफाइ या शरीरगत मल निष्काशनतर्फ लागिएन र सो संकेतलाई आधुनिक औषधिद्वारा दबाउनेतिर लागियो भने त्योभन्दा ठूला रोगहरू, दम, मधुमेह, बात (बाथ), मृगौलासम्बन्धी रोग, पेटका विविध रोग, जस्तै– बृहद् आन्त्र प्रदाह–कोलाइटिस) एवं क्षत (अल्सर), मुटुका रोग आदि देखा पर्दछन् । यस अवस्थामा पनि सोचिएन, सचेत भइएन र ‘रोग दबाउ उपचार’ तर्फ नै लागियो तथा विजातीय पदार्थ (मल) सफाइद्वारा शरीरलाई मलविहीन स्वच्छ, सफा, स्वस्थ बनाउने तर्फ गरिएन भने संकटको आमन्त्रण शुरु हुन्छ । यति बेलासम्म ध्यान दिएमा शरीरलाई पुनः स्वस्थ बनाउन सकिन्छ, हरेक अंगलाई नवीन क्रियाशील बनाउन सकिन्छ, पुनः पहिलेकै अवस्थामा पु¥याउन सकिन्छ । यथार्थमा भन्ने हो भने कायाकल्प हुन सक्दछ ।
यति हुँदा पनि शरीर सफाइ तर्फ लागिएन र ‘रोग दबाउ उपचार मा या लक्षण उपचार मा नै केन्द्रित भइयो भने घातक रोगले जन्म लिन्छन्, जस्तै– क्यान्सर (अर्बुद) आदि । यो अवस्थामा पुगिसकेपछि शरीरलाई पूर्ण स्वस्थ र स्वच्छ बनाउनु फलामको च्यूरा चपाउनु बराबर नै हुन्छ, केही हदसम्म सुधार भए पनि पूर्णतातर्फ लैजान ठूलो समस्या पैदा हुन्छ । विजातीय पदार्थको तह यति टाँसिएर र खाँदिएर बस्दछ कि त्यसलाई निकालेर फाल्नु असम्भव हुन्छ, नफाले त्यसको अन्तर–सडानले आसपासका अंगहरूलाई पनि नष्ट गर्न थाल्दछ । तब बाध्य भएर जुन अंग असक्षम हुन्छ त्यसलाई शल्यक्रियाद्वारा फाली वा काम चलाउ बनाउँदै मृत्युको वरण गर्नुपर्दछ । शरीरमा संकलित विजातीय पदार्थहरूको सफाइमा ध्यान नदिएर शरीरको प्राकृतिक अनुरोधलाई तिरस्कार गर्नुको प्रतिफल प्राप्त विषाक्त फल, जसले नाश सिवाय केही गर्दैन, जीवनको कल्पना पनि समाप्त भएर जान्छ ।
तेस्रो सिद्धान्तः–
–शरीरभित्र नै त्यो शक्ति छ जसले हरेक जीवलाई स्वस्थ राख्न सक्दछ ।
–रोगमुक्ति र स्वास्थ्यप्रदान बाह्य शक्तिहरूले गर्न सक्दैनन् ।
–जीवनी शक्तिको अभावमा जीवनको कल्पना गर्न सकिँदैन ।
प्राकृतिक चिकित्साको तेस्रो सिद्धान्तले भन्दछ–हरेक जीवको शरीर रचनामा नै त्यो शक्ति छ जसले उसलाई जीवित र स्वस्थ राख्न सक्दछ । रोगमुक्ति र स्वास्थ्य बाह्य शक्तिहरू (गोली, सुई, शल्यक्रिया) ले दिन सक्दैनन् । अन्तरनिहित जीवनी शक्ति कुनै पनि कारणले निष्कृय भयो भने विजातीय पदार्थ संकलनले जन्म लिन्छ या यसैलाई अर्को छेउबाट हेर्दा विजातीय पदार्थको अत्यधिक संकलन भयो भने जीवनी शक्ति निष्कृय हुन्छ । कुनै पनि तरिकाले जीवनी शक्ति निष्कृय भयो भने रोगले सक्रिय यात्रा शुरु गर्दछ । जीवनी शक्ति समाप्त भयो भने शरीरमा मृत्यु उपलब्ध हुन्छ ।
यसरी समग्र रूपमा हेर्दा जीवनी शक्ति नै जीवहरूको अस्तित्वको मेरुदण्ड हो । यसैको सन्तुलनले मात्र स्वास्थ्य रक्षा एवं स्वस्थकर दीर्घजीवन सम्भव छ । यसैलाई अर्को भाषामा भन्दा आन्तरिक प्राकृतिक सुरक्षा व्यवस्था भन्न सकिन्छ । यसलाई प्राकृतिक विधिहरूबाट या भनौं आहार, विहार र विश्रामको सन्तुलनद्वारा हामीहरूले सहयोग गर्नुपर्दछ, विरोध होइन, हस्तक्षेप होइन । जब हामीहरूले कडा रासायनिक पदार्थहरूको प्रयोगद्वारा आन्तरिक सुरक्षा व्यवस्था या भनौं जीवनी शक्तिलाई अनावश्यक रूपमा जवर्जस्ती उत्तेजित र आक्रामक हुन बाध्य गर्दछौं तब क्षणिक रूपमा त रोग सञ्चो भए जस्तो हुन्छ तर पछि रासायनिक पदार्थ औषधिहरूका कारण उत्तेजित जीवनी शक्ति क्षीण भई घु“डा टेक्न पुग्दछ, प्रतिफल अर्को घातक रोग देखा पर्दछ । सकारात्मक उपचार त्यही हो जसले आन्तरिक सुरक्षा व्यवस्था या जीवनी शक्तिको अनुकूल सहयोग प्रदान गरोस्, प्रतिकूल होइन ।
अहिले अत्यधिक प्रयोग हुने एण्टिबायोटिक औषधिहरूले हाम्रो प्रतिरक्षा शक्ति वा आन्तरिक सुरक्षा व्यवस्थालाई जीवनी शक्तिको बलमा होइन कि कोर्रा लगाएर दौडाउने काम गर्दछ । यो थाकेको मानिसलाई बन्दुक देखाएर दौडाएजस्तै हो । कुनै मानिसलाई लामो दौड दौडाउनु छ भने उत्तम सूत्र हो बीचबीचमा अब थाक्दछ विश्राम दिनु । यदि यसो नगरी, उसको थाकेको संकेतमा विश्राम नदिई बन्दुक देखाएर दौडाउ“छौं भने केही समय त दौडला तर केही समयपछि जब ढल्दछ तब बन्दुक त परै जाओस्, क्षेप्यास्त्र देखाएर तर्साए पनि उठ्ने छैन । यही सिद्धान्त हाम्रो शरीरमा पनि लागू हुन्छ । जब शरीर रोगी हुन्छ, त्यसको कारण पत्ता लगाई विजातीय पदार्थ बढ्ने आदतहरूलाई रोक्नु एवं संकलित विजातीय पदार्थलाई सफाइ गर्नुपर्दछ र विश्राम दिनुपर्दछ जसले उसलाई नवजीवन दिन सकोस् तर यसको विपरीत औषधिको गोली र सुईबाट क्षणिक र जबर्जस्ती उत्तेजना होइन । यो उत्तेजनाले क्षणिक रूपमा रोगका लक्षण समाप्त भै स्वास्थ्य लाभ भएजस्तो त देखिएला तर पछि झन् घातक रोगहरू देखा पर्दछन् । यो अवस्थामा अत्यन्त कडा औषधिहरूले पनि घुँडा टेकेको जीवनी शक्तिलाई उठाउन सक्ने छैनन् । जीवनी शक्तिको समाप्ति नै मृत्यु हो । जब घटित हुन्छ, तब विश्वका सबै औषधिहरूको केही काम छैन ।
यसैलाई दृष्टिगत गरी प्राकृतिक चिकित्सा भन्दछ– रोगमुक्ति र स्वास्थ्य प्रदान गर्ने शक्ति स्वयंमा छ, बाहिर होइन । यसलाई सहयोग प्राकृतिक रूपमै शरीरको गुणधर्मलाई नकुल्चन गरी गर्नुपर्दछ । अन्यथा जीवनको कल्पना समाप्त नै भएर जानेछ
साधनाका क्षेत्रमा ‘मानसाग्नि का नामबाट परिचित डा. हरिप्रसाद पोखरेल योग एवं प्राकृतिक चिकित्साका वरिष्ठ विशेषज्ञ हुनुहुन्छ