कथाकार रिजालको “लौ भन्नोस् त!” प्रकाशित

काठमाडौं ।कथाकार नवराज रिजालको नयाँ कथासँग्रह “लौ भन्नोस् त !” प्रकाशित भएको छ ।
साहित्यिक पत्रकार समेत रहेका रिजालका यसअघि विभिन्न विधाका करिव दुई दर्जन पुस्तक प्रकाशित भैसकेका छन् ।
यस कृतिलाई शब्दार्थ प्रकाशनले बजारमा ल्याएको छ ।
पुस्तकको मूल्य ४०० रुपैयाँ रहेको छ ।