Thursday 30th April 2026
‘गाउँ फर्क’को लिरिकल गीतको भिडियो सार्वजनिक
काठमाडौं । लेखक तथा निर्देशक विश्वमणी घिमिरे र एलबी कटवालको निर्देशनमा बन्ने जनचेतना मूलक टेलिश्रृंखला ‘गाउँ फर्क’को लिरिकल गीत सार्वजनिक भएको छ । गीत नयाँ वर्ष २०२५ तथा टोपी दिवसको अवसर पारेर आज सार्वजनिक गरिएको हो । गीतको भिडियोमा नेपाल चलचित्र कलाकार सङ्घका अध्यक्ष मोहन निरौला, कलाकार सुवास गजुरेल, उत्तम केसी र सुभेक्षा थापा लगायतलाई देख्न सकिन्छ । यस्तै गीतमा कलाकारहरू मुकुन्द मैनाली, मनमाया कटवाल, लक्ष्मीनाथ तिम्सिना, अशोक सिवाकोटी, अस्मिता बस्नेत, आसा भुसाल, इच्क्षा सिंह, प्रतीक्षा काफ्ले, मुभ थापा र चन्दा भट्टराईलाई देखाइएको छ ।
शङ्कर अधिकारी घायलको शब्द, विकाश चौधरीको सङ्गीत र नारायण थापाको स्वर रहेको गीत ‘गाउँ फर्क’ युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । गीतले गाउँ घरको कथा र बिदेसिएका नेपालीहरूको कथा समेटेको छ । निर्देशक घिमिरेका अनुसार यो टेलिश्रृंखला धनकुटाको महालक्ष्मी नगरपालिका वडा नं -४, चानुवामा छायाङ्कन गरिने र नेपाल टेलिभिजनबाट चाँडै प्रसारणमा आउने छ ।
उनका अनुसार आम नागरिकले टिकटक, फेसबुक, र युट्युब लगायतको सामाजिक सञ्जालमा गाउँ फर्कको गीतमा अडियो लिई भिडियो बनाउँदा कुनै कपिराइट नलाग्ने बताए । गीतको भिडियो सम्पादन श्रीभा सञ्चारको स्टुडियोमा उपेश कोइराला र सुरज ढकालले गरेका हुन् ।
शाकाहारी अनमोल केसी
अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...
सामान्य ज्ञान
...
साई अवतार नेपालमा
साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...
धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )
१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...
आहार योग
आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि) आहार योग पनि योगको नै...
