Sunday 12th April 2026

‘देववाणी’को प्रचारका लागि काठमाडौं आइपुगे बलिउड अभिनेता ह्यारी जोश

काठमाडौं । बुधबारदेखि प्रदर्शन हुन लागेको आफू अभिनित नेपाली फिल्म ‘देववाणी’को प्रवर्द्धनका लागि बलिउड अभिनेता ह्यारी जोश नेपाल आएका छन् ।
क्रिसमसको अवसर पारेर प्रदर्शन हुन लागेको फिल्म ‘देववाणी’को प्रवर्द्धनका लागि नेपाल आएका ह्यारी जोशले बुधबार बेलुका सिभिल मलस्थित क्यूएफएक्सको हलमा उनले दर्शकसँगै फिल्म हेर्नेछन् ।
भारतीय फिल्महरू वान्टेड, वेलकम, धुम २, सिंह इज ब्लिङ लगायतका फिल्ममा काम गरेका अभिनेता ह्यारीले काठमाडौँ विमानस्थलमा ओर्लिए लगत्तै उनले आफूलाई नेपाल र नेपाली अत्यधिक मनपर्ने भन्दै नेपालीमा समेत तारिफ गरेका छन् ।
थुप्रै बलिउड र तेलुगुका हिट फिल्ममा खलनायकको भूमिका निर्वाह गरेका छन् । उनले केही दिन काठमाडौंमा रहेर उक्त फिल्मको प्रचारप्रसार गर्नेछन् । मिडिया भेटघाट गर्नेदेखि हल भिजिट गर्नेसम्म उनको तयारी रहेको निर्देशक बाबु साहेब बलामी बताउँछन् ।
निर्देशक बलामीका अनुसार बुधबार र बिहीबार जोशले हल भिजिट गर्नेछन् । बुधबार बेलुका सिभिल मलस्थित क्यूएफएक्सको हलमा उनले दर्शकसँगै फिल्म हेर्नेछन् । त्यसपछि उनी इलाम पुगेर स्थानीय हलमा दर्शकसँगै फिल्म हेर्नेछन् । त्यसपछि उनी मुम्बई फर्किने योजना छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई फिल्मका निर्देशक बाबु बलामी, अभिनेत्री अनुजा लेप्चा र निर्माताले स्वागत गरे । अभिनेता जोश आउनुअघि फिल्मका अर्का भारतीय अभिनेता कुन्दन भारद्वाज पनि काठमाडौंमा आएर प्रचारप्रसारमा जुटिसकेका छन् ।
मौसम फिल्म्स प्रोडक्सन हाउस र अनुजा इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको फिल्ममा सुनिल थापा, ध्रुव कोइराला, नन्दु श्रीवास्तव, अमिता श्राप, मौसम पौडेल, देव सिंह, प्रदीप ढकाल, सरिता भण्डारी, लक्ष्मीनाथ तिमल्सिना, काजोल राघवाणी र मौसम पौडेलको पनि अभिनय छ ।

फिल्म नेपाली र हिन्दी भाषामा निर्माण भएको निर्मात्री समेत रहेकी नायिका अनुजा लेप्चाले बताइन् । नेपालमा क्यूएफएक्स लगायतका हलले शो खुलाएका छन् ।

शाकाहारी अनमोल केसी

अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...

सामान्य ज्ञान

                           ...

साई अवतार नेपालमा

साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...

धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )

१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...

आहार योग

आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि)   आहार योग पनि योगको नै...

©2017 Kawach Online All Rights Reserved...