Sunday 12th April 2026
आजको मौसम :वर्षा कहाँ कहाँ हुनसक्छ ?
काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
सोमबार साँझबाट सुदूरपश्चिम प्रदेश तथा कर्णाली प्रदेशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव देखिने छ।
अहिले बिहान कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ। साथै तराई लगायत पहाडी भू–भागका केही स्थानहरुमा हुस्सु र कुहिरो लागेको छ।
आगामी २४ घन्टा सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशको केही स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले बताएको छ। कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दूई स्थानमा तथा सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानहरूमा हल्का हिमपातको सम्भावना छ।
बिहानको समयमा तराई तथा उपत्यका केही स्थानहरूमा हुस्सुरकुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, कृषि, यातायात तथा हवाई उड्डयनमा क्षणिक/आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन पनि महाशाखाले अनुरोध गरेको छ।
हिउँदे वर्षा सोमबार रातिदेखि बुधबार बिहानसम्म पश्चिम नेपालमा हुने छ। यसपटक पहाडी र हिमाली भेगमा वर्षा हुने राम्रो सम्भावना रहेको छ।
काठमाडौं र पोखरामा छिटपुट वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
अर्को वर्षा गराउने प्रणाली फेरि शुक्रबार भित्रँदैछ। त्यसले पनि आधा पश्चिम नेपालमा मात्रै प्रभाव पार्ने विभागले जनाएको छ ।
शाकाहारी अनमोल केसी
अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...
सामान्य ज्ञान
...
साई अवतार नेपालमा
साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...
धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )
१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...
आहार योग
आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि) आहार योग पनि योगको नै...
