Sunday 12th April 2026
प्लास्टिकजन्य फोहोर नजलाउन मन्त्रालयको आग्रह
काठमाण्डाै | वन तथा वातावरण मन्त्रालयले प्लास्टिकजन्य फोहोर तथा कृषिजन्य अवशेषहरू नजलाउन आग्रह गरेको छ ।विभागले आज एक सूचना निकालेर सवारीसाधनको नियमित मर्मतसम्भार गर्न, उद्योग कलकारखाना तथा भान्साहरूमा स्वच्छ ऊर्जाको प्रयोग गर्न र सडक तथा निर्माण कार्यबाट उड्ने धुवाँ–धुलोको यथोचित नियन्त्रण गर्न आग्रह गरेको हो ।
विगत केही हप्तादेखि तराई क्षेत्रलगायत काठमाण्डाै उपत्यकामा वायु प्रदूषण बढेको सन्दर्भमा विभागले सूचना जारी गरेको हो । वायु प्रदूषणका मुख्य कारक उद्योग, कलकारखाना र गाडी, वन डढेलो हो । त्यसैगरी खुला रूपमा फोहोर तथा कृषिजन्य अवशेष जलाउँदा, सडक तथा निर्माण कार्यहरूबाट उड्ने धुलोले पनि वायुलाई प्रदूषित गर्दछ ।
वायु प्रदूषणले मानव स्वास्थ्यमा नकारात्मक असर पार्ने र विशेष गरी बालबालिका, वृद्धवृद्धा एवं श्वासप्रश्वास र मुटुका बिरामी, गर्भवतीहरूलाई बढी प्रभाव पार्ने भएकाले विशेष सावधानी अपनाउन विभागले अनुरोध गरेको छ ।

शाकाहारी अनमोल केसी
अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...
सामान्य ज्ञान
...
साई अवतार नेपालमा
साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...
धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )
१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...
आहार योग
आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि) आहार योग पनि योगको नै...
