Wednesday 11th March 2026
साहित्यिक पत्रकार संघद्धारा मोहन सिटौला र सुरेन उप्रेतीलाई सम्मान
काठमाडौं । साहित्यिक पत्रकार संघले वरिष्ठ सर्जक मोहन सिटौला (अमेरिका) र कवि सुरेन उप्रेती (क्यानडा)लाई सम्मानित गर्यो ।
सापसले ‘साहित्यिक पत्रकार संघ स्वर्ण महोत्सव सम्मान, २०८०’ साहित्यकार मोहन सिटौलालाई तथा ‘व्यथित काव्य डायस्पोरा सम्मान, २०८१’ कवि सुरेन उप्रेतीलाई प्रदान गरेको छ ।
दुबै सम्मानित सर्जकलाई कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ इतिहासविद् प्रा.डा.सुरेन्द्र के.सी.ले सम्मान गरे। सम्मानितद्धयलाई सम्मानपत्र, सापस स्वर्ण महोत्सवको मेडल, दोसल्ला, माला र टोपीले सम्मान गरिएको थियो ।
दर्जनौं कृतिका सर्जक मोहन सिटौला अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्व अध्यक्ष र कवि सुरेन उप्रेती पूर्व महासचिव हुन्।
साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा आयोजित सो कार्यक्रममा प्रमुख अतिथि के. सी अध्यक्ष लेकाली, प्राज्ञ बाबा बस्नेत, सम्मानित सर्जकहरु मोहन सिटौला र सुरेन उप्रेती, डा.दामोदर पुडासैनीले मन्तव्य राखेका थिए भने कवि मुरारी सिग्देले कार्यक्रमको सहजिकरण गरेका थिए ।
शाकाहारी अनमोल केसी
अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...
सामान्य ज्ञान
...
साई अवतार नेपालमा
साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...
धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )
१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...
आहार योग
आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि) आहार योग पनि योगको नै...
