Saturday 11th April 2026

त्रिविले स्नातकमा मौका परीक्षाको अवसर दिँदै, एकसातामै नतिजा

काठमाडौं : स्नातक तह चौथो वर्षका विद्यार्थीहरूले यसैवर्षबाट मौका परीक्षा दिन पाउने भएका छन्। त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले उक्त व्यवस्थाको लागि केही दिनमै सूचना प्रकाशित गर्ने जनाएको छ। त्रिविले अहिले धमाधम स्नातक चौथो वर्षको विभिन्न संकायको नतिजा प्रकाशन गर्दै आएको छ। त्रिविले मानविकी तथा व्यवस्थापन संकायतर्फको बिए चौथो वर्षको नतिजा मंसिर १४ गते प्रकाशित गरेको थियो।

‘अहिले स्नातक चौथौ वर्षको नतिजा प्रकाशन भइरहेको छ,’उनले थाहाखबरसँग भने,‘बिबिएस लगायत बाँकी रहेको नतिजा पनि एक दुई दिनभित्रै सार्वजनिक गर्छौं,त्यसपछि मौका परीक्षाको लागि सूचना प्रकाशित गर्नेछौँ, त्यसपछि मौका परीक्षा भइहाल्छ, अबदेखि पहिला जस्तो एक वर्ष कुर्नुपर्दैन।’

त्रिवि प्राज्ञिक परिषद्ले गत साउनमै स्नातक तहअन्तर्गत अन्तिम वर्षको परीक्षामा विद्यार्थीले मौका परीक्षा दिन पाउने निर्णय गरेको थियो। तर,कहिलेबाट उक्त व्यवस्था लागू हुने भन्नेमा विद्यार्थीहरूमा अन्योलता थियो। तर,अब उनीहरूले तत्कालै मौका परीक्षा दिन पाउने भएका छन्।

फारम भर्न ७ दिन दिइने

त्रिविका रजिष्ट्रार प्राडा रिजालका अनुसार यो मौका परीक्षाको लागि फाराम भर्न एक साताको समय दिइने छ। उक्त समय अवधिमा दुई विषयसम्म फेल भएका विद्यार्थीहरूले फारम भर्नुपर्ने छ। ‘स्नातक तहको पहिलो, दोस्रो, तेस्रो वर्षको परीक्षा उत्तीर्ण गरिसकेको तर चौथो वर्षमा एक वा दुई विषय लागेकाले मौका परीक्षा दिन पाउने छन्,’उनले भने।

अहिलेसम्म चार वर्षे स्नातक तहको अन्तिम वर्षको परीक्षामा कुनै एक विषयमा मात्र अनुत्तीर्ण भए पनि उक्त विषयको परीक्षा दिन अर्को वर्षकै परीक्षा अर्थात् एक वर्ष नै कुर्नुपर्ने विद्यार्थीहरूको बाध्यता थियो। जसकारण माथिल्लो तहमा अध्ययन गर्नबाट उनीहरू वन्चित हुनु परिरहेको छ। तर, अब त्यसरी वर्ष दिन नै परीक्षाको लागि कुर्नुपर्ने बाध्यताको अन्त्य हुने भएको छ।

शाकाहारी अनमोल केसी

अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...

सामान्य ज्ञान

                           ...

साई अवतार नेपालमा

साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...

धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )

१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...

आहार योग

आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि)   आहार योग पनि योगको नै...

©2017 Kawach Online All Rights Reserved...