Sunday 12th April 2026

मतदानका दिन सार्वजनिक बिदा दिन आयोगको माग

काठमाडौँ । निर्वाचन आयोगले मङ्सिर १६ गते हुने उपनिर्वाचनको मतदानका दिन सार्वजनिक बिदा दिने सम्बन्धमा पत्र लेखी पठाउने निर्णय गरेको छ।

आयोगका सहसचिव एवम् प्रवक्ता नीता पोखरेल अर्यालले आयोगको आइतबारको  बैठकले उपनिर्वाचन हुने स्थानीय तहमा मतदानस्थल उपयोग गर्ने तथा मतदाताका लागि सहज वातावरण बनाउने सम्बन्धमा नेपाल सरकार, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेखी पठाउने निर्णय गरेको जानकारी दिनुभयो।

प्रमुख वा उपप्रमुख वा अध्यक्ष वा उपाध्यक्ष पदको लागि उपनिर्वाचन हुने स्थानीय तहभित्र तथा उपनिर्वाचन हुने वडा क्षेत्रभित्रका सम्बन्धित स्थानीय तह अन्तर्गतका कार्यालयमा सार्वजनिक बिदा दिने व्यवस्था मिलाउने गरी पत्र लेख्ने उहाँको भनाइ छ।

उहाँका अनुसार मङ्सिर १३ देखि १६ गतेसम्म मतदान सम्पन्न नभएसम्म मतदानस्थलको रूपमा कायम भएका सामुदायिक तथा निजी विद्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था, सामुदायिक भवन, औद्योगिक प्रतिष्ठान एवम् सार्वजनिक स्थलहरू निर्वाचनका लागि व्यवस्था मिलाउन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सम्बन्धित सबै स्थानीय तहलाई निर्देशन दिने निर्णय पनि भएको छ।

शाकाहारी अनमोल केसी

अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...

सामान्य ज्ञान

                           ...

साई अवतार नेपालमा

साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...

धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )

१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...

आहार योग

आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि)   आहार योग पनि योगको नै...

©2017 Kawach Online All Rights Reserved...