Sunday 12th April 2026

आफू पक्राउ अगावै दुर्गा प्रसाईंले दिएका थिए पक्राउको जानकारी

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ भक्तपुरस्थित आफ्नै घरबाट मंगलबार विहान पक्राउ परेका छन् । केही घन्टाअघि उनले आफू पक्राउ पर्न लागेको जानकारी सामाजिक संजालमा दिएका थिए । प्रहरीको सीआईबीको उनलाई पक्राउ गरेको हो । उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दुष्प्रचार फैलाउने आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रसाईंले केही घन्टाअघि मात्र ‘मलाई पक्राउको तयारी, चनाखो रहन आग्रह’ भन्दै फेसबुकमा पोष्ट गरेका थिए ।

‘फेक डकुमेन्ट’ को सहारामा प्रधानमन्त्री ओलीको बारेमा भ्रामक र गलत जानकारी फैलाएको उनीमाथि आरोप आरोप छ। उनले हालै आफ्नो सामाजिक सञ्जाल फेसबुक पेजमा एक अफवाहजन्य भिडियो रिपोर्ट सार्वजनिक गर्दै कम्बोडियाको स्मार्ट एजियाटा कम्पनीमा प्रधानमन्त्री ओलीले २१ करोड अमेरिकी डलर (साढे ३२ अर्ब नेपाली रूपैयाँ भन्दा बढी) लगानी गरेको बताएका थिए । पक्राउ पर्नुअघि प्रसाईंले ‘मलाई पक्राउको तयारी, चनाखो रहन आग्रह’ भन्दै लामो स्टाटस लेखेका छन् । स्टाटसमा भनिएको छ–‘हिँजो मैले कम्बोडीयामा केपी ओलीको लगानी रहेको बिषय पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरे संगै मलाई यो राज्य सत्ताले फेरी झुटो मुद्धा लगाई पक्राउको तयारी गरेको छ । मलाई साईवर क्राईम, राज्यद्रोह वा अन्य जुनसुकै मुद्धामा पक्राउ गरेपनी सचेत र चनाखो रहन आग्रह गर्दछु । 

देशभक्त सम्पुर्ण नागरिकहरु, राष्ट्रवादि राजनितिक दल कांग्रेस, रास्वपा, राप्रपा, एकिकृत समाजवादी भित्रका असल नेता कार्यकर्ताहरु हामी चुप लागेर बस्दा सम्म यी र यस्ता सामन्त शासकले हामीलाई जेल कोच्ने र देश लुट्ने काम गरिरहनेछन् । राजधानी केन्द्रित रही आन्दोलनको आँधिवेहरीका लागी तयार रहनुहुन सबै देशभक्त नागरिकमा हार्दिक अपिल गर्दछु ।’

शाकाहारी अनमोल केसी

अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...

सामान्य ज्ञान

                           ...

साई अवतार नेपालमा

साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...

धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )

१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...

आहार योग

आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि)   आहार योग पनि योगको नै...

©2017 Kawach Online All Rights Reserved...