Saturday 11th April 2026
आज अन्तर्राष्ट्रिय विद्यार्थी दिवस
काठमाडौं । आज अन्तर्राष्ट्रिय विद्यार्थी दिवस। विद्यार्थीहरुको योगदानलाई स्मरण गर्दै १७ नोभेम्बरलाई विश्वभर अन्तर्राष्ट्रिय विद्यार्थी दिवसका रुपमा मनाउने गरिन्छ ।
हरेक वर्ष झै यस वर्ष पनि(Empowering Future Leaders for a Sustainable World_ ‘दिगो विश्वका लागि भविष्यका नेताहरूलाई सशक्तिकरण गर्दै’भन्ने मूल नाराकासाथ विभिन्न कार्यक्रमको आयोजना गरि अन्तर्राष्ट्रिय विद्यार्थी दिवस मनाईँदै छ ।
विश्व राजनीतिको इतिहासलाई फर्केर हेर्ने हो भने राजनीतिक परिवर्तनमा होस् या राजनीतिक चेत विकास गर्न र विस्तार गर्न विद्यार्थीको भूमिका निकै महत्त्वपूर्ण छ । विद्यार्थीका कारण नेपालमा मात्र होइन, विश्वका विभिन्न देशमा ठूला राजनीतिक, सामाजिक तथा आर्थिक परिवर्तनहरु भएका छन् ।
विद्यार्थीहरुको यही योगदानलाई स्मरण गर्दै १७ नोभेम्बरलाई विश्वभर अन्तर्राष्ट्रिय विद्यार्थी दिवसका रुपमा मनाउन थालिएको हो । तर, यसको अर्थ के होइन भने यसलाई राजनीतिक दिवसको सन्दर्भमा मात्र लिने गरिन्छ । यसलाई त बरु अहिले गैराराजनीतिक तथा बहुसाँस्कृतिका दिवसका रुपमा विश्वभरका विभिन्न विश्वविद्यालय तथा कलेजहरुले मनाउने गर्छन् ।
अन्तर्राष्ट्रिय विद्यार्थी दिवस किन मनाउन थालियो भन्नेबारे थोरै चर्चा गरौँ । त्यसो त अन्तर्राष्ट्रिय विद्यार्थी दिवस अन्य कुनै मितिमा केही विश्वविद्यालयहरुले मनाउने गरेका छन् । यो विशेषतः अन्तर्राष्ट्रिय विद्यार्थी पढाउने विश्वविद्यालयहरुले मनाउने गरेका छन् ।
शाकाहारी अनमोल केसी
अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...
सामान्य ज्ञान
...
साई अवतार नेपालमा
साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...
धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )
१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...
आहार योग
आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि) आहार योग पनि योगको नै...
