Friday 17th April 2026
आजको फलफूल तथा तरकारीको मूल्यमा सामान्य परिवर्तन
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।
जसअनुसार, गोलभेडा ठूलो भारतीयको न्यूनतम मूल्य प्रतिकिलो ९० रुपैयाँ र सानो लोकल गोलभेडाको मूल्य प्रतिकिलो ६० रुपैयाँ रहेको छ। यसैगरी आलु रातोको ७५, आलु सेतोको तीन रुपैयाँले घटेर ६०, लोकल बन्दाको ७०, काउली स्थानीयको १० रुपैयाँले बढेर १०० रुपैयाँ पुगेको छ ।
यसैगरी भन्टा डल्लोको मूल्य पनि १० रुपैयाँले बढेर ६० रुपैयाँ र भन्टा लाम्चो १० रुपैयाँले बढेर ४० रुपैयाँ कायम भएको छ ।
रायो सागको मूल्य भने १० रुपैयाँले घटेर ५० रुपैयाँ कायक भएको छ । तोरिको साग ६० ,पालूगो साग ५० र चमसुरको साग १०० रुपैयाँ रहेको छ ।
त्यस्तै,लोकल गाजर १४० रुपैयाँ, तने बोडी १२० रुपैयाँ, मकै बोडी हिजो भन्दा २० रुपैयाँले बढेर ७० रुपैयाँ, मटरकोशा ३० रुपैयाँले बढेर १४० रुपैयाँ, राजमा घिउ सिमी १०० रुपैयाँ,लौका ६०, घिरौला ७० रुपैयाँ र लोकल परवर ६० रुपैयाँ रहेको छ ।
त्यस्तै, अनारको ४५० र मौसमको १५० रुपैयाँ, सुन्तला नेपाली ९० केरा १५०,स्याउ फूजी २८० रहेको छ ।
शाकाहारी अनमोल केसी
अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...
सामान्य ज्ञान
...
साई अवतार नेपालमा
साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...
धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )
१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...
आहार योग
आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि) आहार योग पनि योगको नै...
