काठमाडौ। दोस्रो ठूलो चाड तिहारको तेस्रो दिन बिहीबार घर घरमा सुरक्षा गर्ने कुकुरलाई पूजा आराधनासहित मीठा—मीठा खानेकुरा खान दिएर मनाइँदैछ।
कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि यसवर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।
कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठा मीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रूपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने गरिएको पण्डित श्रीकृष्ण अधिकारी बताउँछन् ।
कुकुर आज्ञापालक जनावर हो भने यसले सुरक्षा पनि दिन्छ ।
14th May 2019 , 9:38 am
10 hours ago
10th Jun 2025 , 4:01 am
17th Apr 2025 , 5:53 am
12th Apr 2025 , 2:05 pm
11th Apr 2025 , 2:06 am
14th May 2019 , 9:38 am
10 hours ago
10th Jun 2025 , 4:01 am