Wednesday 11th March 2026
रास्वपाले आजदेखि काठमाडौं केन्द्रीत प्रदर्शन गर्ने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शुक्रबारदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्ने भएको छ ।
पूर्वगृहमन्त्री एवं पार्टी सभापति रवि लामिछाने पक्राउ परेपछि पोखरा केन्द्रित आन्दोलन गर्दै आएको रास्वपाले आजदेखि काठमाडौँमा आन्दोलन गर्ने भएको हो ।
लामिछानेमाथि अनुसन्धान प्रक्रिया चलिरहँदा गत सात दिनयता रास्वपाले पोखरा केन्द्रित विरोध प्रदर्शनका कार्यक्रम गर्दै आएकोमा शुक्रबारदेखि भने काठमाडौँमा प्रदर्शन गरिने प्रदेश सभापति राजन गौतमले जानकारी दिए । आज दिउँसो १ बजे काठमाडौंस्थित माइतीघरमा प्रदर्शन गर्न लागिएको हो ।
पोखरामा रास्वपाले प्रदर्शन गरेपनि जनस्तरबाट समर्थन नदेखिएको टिप्पणी हुँदै आएको थियो । सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि गत शुक्रबार प्रहरीले लामिछानेलाई पक्राउ गरेको थियो । लगत्तै रास्वपाले पूर्वाग्रही ढंगले सभापतिलाई पक्राउ गरिएको भन्दै विरोध गर्दै आएको छ ।
शाकाहारी अनमोल केसी
अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...
सामान्य ज्ञान
...
साई अवतार नेपालमा
साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...
धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )
१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...
आहार योग
आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि) आहार योग पनि योगको नै...
