Thursday 22nd January 2026
सभापति रवि लामिछानेको रिहाइको माग गर्दै , पोखरामा रास्वपाको आन्दोलन जारी
काठमाडौं । पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आन्दोलन अझै जारी छ । बुधबार पनि सभापति रवि लामिछानेको रिहाइको माग गर्दै पार्टीका कार्यकर्ताहरुले विरोध तथा ¥याली गरेका हुन् ।
कार्यकर्ताहरुले ‘दुई दल्य दलाल भ्रष्ट सिन्डिकेटधारी सरकारको चिहान, सर्वहारा श्रमजिवी पिडित भुइ मान्छेको बिहान’ भन्ने नाराका साथ आन्दोलन जारी राखेका छन् ।
रास्वपाको यस प्रदर्शनमा देशभरबाट एक हजार भन्दा बढी नेता कार्यकर्ता पोखरा आएका बताइएको छ ।
यसैबीच रास्वपाको आन्दोलनमा पोखरावासीको साथ नपाएपछि रास्वपाका नेताहरुले घरदैलो गर्दै स्थानीयलाई सरकार विरुद्धको प्रदर्शनमा सहभागी हुन आग्रह गरेका छन् ।
उपसभापति डा स्वर्णिम वाग्ले, सांसद विराजभक्त श्रेष्ठ, डा तोसिमा कार्की, सविता गौतम, मनिष झा, रमेश प्रसाईँलगायतका नेताहरुले स्थानीयको घर–घरमा पुगेर आन्दोलनमा सहभागी हुन आग्रह गरेका छन् ।
शाकाहारी अनमोल केसी
अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...
सामान्य ज्ञान
...
साई अवतार नेपालमा
साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...
धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )
१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...
आहार योग
आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि) आहार योग पनि योगको नै...
