Thursday 22nd January 2026
सुनको भाउमा फेरि कीर्तिमान, तोलाको एक लाख ६५ हजार रुपैयाँ पुग्यो
काठमाडौं । साताको पहिलो कारोवार दिन आज (आइतबार) नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।
आइतबार एकै दिन प्रतितोला ६ सय रुपैयाँ मूल्य बढेपछि नेपाली बजारमा सुनको भाउ हालसम्मकै उच्च भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ६५ हजार रुपैयाँ तोकेको छ । यसअघि शुक्रबार १ लाख ६४ हजार ४ सय रूपैयाँ कायम भएको थियो ।
यस्तै आज चाँदीको मूल्य पनि ९५ रूपैयाँले बढेको छ । शुक्रबार तोलामा १ हजार ९ सय ८० रूपैयाँमा कारोवार भएको चाँदी आज ९५ रूपैयाँले बढेर २ हजार ७५ रूपैयाँमा कारोवार भइरहेको छ ।
भाउ बढेपछि अब नेपाली बजारमा सुनका तयारी गहनाको मूल्य तोलाको झन्डै एक लाख ९० हजार रुपैयाँ पुगेको छ । गहनामा व्यवसायीले ज्याला र जर्तीका नाममा थप १२ देखि १८ प्रतिशत शुल्क जोड्छन् । सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय बजारको मूल्य र त्यसमा थप २० प्रतिशत भन्सार शुल्क जोड्छ । बैंक र गहना व्यवसायीको नाफा शीर्षकमा १ प्रतिशत छुट्याइन्छ । त्यसपछि सार्वजनिक मूल्यमा गहना व्यवसायीहरूले १२ देखि १८ प्रतिशत शुल्क लिने गरेका हुन् ।
मध्यपूर्वलगायत क्षेत्रमा बढ्दो भूराजनीतिक अनिश्चितताका कारण व्यापारीहरूले सुनलाई सुरक्षित सम्पत्तिका रूपमा कारोबार गर्दा मागमा आएको वृद्धिले भाउ बढेको हो ।
शाकाहारी अनमोल केसी
अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...
सामान्य ज्ञान
...
साई अवतार नेपालमा
साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...
धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )
१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...
आहार योग
आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि) आहार योग पनि योगको नै...
