Thursday 22nd January 2026

हङकङमा तालीम अभियानको समापन

१९ बैशाख ०७४

नेपाली महिला संघको आयोजना तथा हिन्दू मन्दिर,हङ्कङ्को समन्वयमा तीन सातादेखि नियमित संचालन गरिएको भाषण तथा उद्घोषण तालिम अभियानको समापन गरिएको छ। हङ्कङ,यमुताइस्थित कम्युनिटी हलमा “नेतृत्व तथा व्यक्तित्व बिकासका लागि भाषण तथा उद्घोषण कला” सम्बन्धि एक दिने नि:शुल्क कार्यशाला संचालन पछि इच्छुक संस्थाका प्रतिनिधिहरूलाई समेटी तालिम अभियान संचालन गरिएको थियो ।
हङ्कङस्थित नमोबुद्ध क्लब हलमा आयोजित समापन कार्यक्रममा नेपाली महाबाणिज्य दूत कमल प्रसाद भट्टराईले तालिममा सभागी २४ जना सहभागीलाई प्रमाण पत्र प्रदान गर्नुभयो। सो अवसरमा आयोजक तथा प्रशिक्षार्थीहरूले प्रशिक्षक दवाडीलाई सम्मान गरेका थिए । समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथी महाबाणिज्यदूत भट्टराईले अनुभवी प्रशिक्षक र मिहिनेती प्रशिक्षार्थीका कारण छोटो अवधिमा उल्लेख्य प्रगति भएकोमा खुसी ब्यक्त गर्नुभयो। उहाँले कुशल बक्ता सहित कुशल ब्यबस्थापक तथा नेतृत्वकर्ता हुन सबैलाई आग्रह पनि गर्नुभयो।
हङ्कङ्को ब्यस्त जीवनशैलीमा तालिम संचालन गर्नु निकै चुनौतीपूर्ण रहेको उल्लेख गर्दै आयोजक नेपाली महिला संघकी अध्यक्ष टीका गुरुङ्ले कुशल प्रशिक्षण शैलीबाट आकर्षित भएकाले मात्र सम्भव भएको बताउनुभयो ।उहाँले तालिममा सहभागी प्रायः कुनै न कुनै संस्थाकै नेतृत्वकर्ता भएकाले आगामी दिनमा संस्थागत क्रियाकलापलाई राम्रोसंग ब्यबस्थापन गर्न यो तालीम उपयोगी बनेको पनि उल्लेख गर्नुभयो।
प्रशिक्षक दवाडीले हङकङमा पछिल्लो समय नेपालीहरूको नेतृत्वमा विभिन्न संघ संस्था खुल्ने र तिनका अगुवाइमा विभिन्न कार्यक्रम संचालन हुने क्रम बढेकाले यस तालिमले ठूलो टेवा पुग्ने आफूले बिश्वास लिएको बताउनुभयो ।
हार्दिक आभार
नवबर्ष प्रवेशसंगै एक महिनाका लागि हङकङ प्रवेश गरेको आज पुरा भएको छ।यसबिचमा आयोजित “ब्यक्तित्व तथा नेतृत्व बिकास एवम् प्रस्तुतीकरण कला ” संग सम्बन्धि विभिन्न तालिम तथा अन्तरक्रियामा ” प्रमुख प्रशिक्षक” तथा “बक्ता” को अवसर दिई मेरो ३० बर्षे यस बिषयको अध्ययन तथा साधनालाई प्रवासमा रहेका नेपाली बिच परिचित गराउने अवसर दिनुभएकोमा र मैले प्रस्तुत गरेका बिषयबस्तु मनपराइ स्वागत तथा सम्मान ब्यक्त गर्नुहुने सम्पूर्ण संघ-संस्था तथा ब्यक्तित्व प्रती हार्दिक आभार ब्यक्त गर्दछु।
साथै यस अभियानमा प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग र साथ दिनुहुने सबैमा धन्यवाद ब्यक्त गर्दछु।
सम्झनै पर्ने ब्यक्ति तथा संघसंस्था :-
# नेपाली महाबाणिज्य दूत महामहिम कमल प्रसाद भट्टराई ।
# हङकङ नेपाल हिन्दू एसोसिएसन(हिन्दू मन्दिर),परिवार
– अध्यक्ष गोमा देवी शर्मा ।
# नेपाली महिला संघ,हङ्कङ परिवार
-अध्यक्ष टीका गुरुङ ।
# हेवेन्ली निर्वाणा पाथ,हङ्कङ परिवार ।
# राइनो क्लब,हङ्कङ ।
# हङ्कङ नेपाल व्यापार संघ ।
# MIG Hongkong
# हङ्कङ तथा नेपाल स्थित विभिन्न सञ्चार माध्यम
# करुणा ब्युटी पार्लर,हङ्कङ ।
# गायक आनन्द कार्की ।
# आमा बुवा तथा परिवारका सबै सदस्य ।
# मेरा गतिविधि मनपराउनुहुने वा मन नपराउनुनहुने सबै साथी भाइ तथा इस्टमित्रहरू ।
अन्तमा :-
“सकारात्मक भाव राखेर काम गर्नेहरूका लागि आलोचना र समर्थन दुबै उर्जा बन्न सक्छन् !”

शाकाहारी अनमोल केसी

अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...

सामान्य ज्ञान

                           ...

साई अवतार नेपालमा

साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...

धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )

१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...

आहार योग

आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि)   आहार योग पनि योगको नै...

©2017 Kawach Online All Rights Reserved...