Saturday 11th April 2026
आज विश्व रेबिजविरुद्धको दिवस मनाइँदै
काठमाडौँ । आज विश्व रेबिजविरुद्धको दिवस । नेपालमा पनि विविध कार्यक्रम गरी यो दिवस मनाइँदैछ । रेबिज रोकथाम र यस रोगविरुद्धमा भइरहेको प्रगतिको जागरुकता जगाउनका लागि हरेक वर्ष सेप्टेम्बर २८ लाई विश्व रेबिज दिवसको रुपमा मनाउने गरिएको छ ।
नेपालमा ९९ प्रतिशत रेबिज कुकुरको टोकाइबाट हुने गरेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । कुकुर, बिरालो, स्याल, चमेरोलगायत सङ्क्रमित जनावरको टोकाइबाट रेबिज सर्छ । रेबिजबाट बच्नको लागि टोकाइपछि तुरुन्तै खोप लगाउनु डाक्टरको सुझाव छ । घरमा पालेको कुकुरमासमेत सङ्क्रमण हुन सक्ने भएकाले टोकेको अवस्थामा रेबिजविरुद्धको खोप लगाउन सुझाव छ ।
रेबिजको सङ्क्रमणको लक्षण ज्वरो र टाउकोबाट शुरु हुन्छ र प्रकाश, पानी र हावादेखि डर लाग्ने हुन्छ । सरकारले सरकारी अस्पतालमा रेबिजविरुद्धको खोप निःशुल्क उपलब्ध गराउँदै आएको छ । नेपालले सन् २०३० सम्म रेबिजलाई शून्यमा झार्ने लक्ष्य लिएको छ । तर लक्ष्य पूरा गर्न चुनौती कायमै छ ।
जनावरले टोक्ने बित्तिकै बगिरहेको, धाराको पानीमा १५ मिनेटसम्म सफा गर्नेपर्ने उहाँको सुझाव छ । सरकारले प्राथमिक स्वास्थ्य केन्द्रमा यसविरुद्धको खोप निःशुल्क उपलब्ध गराउँदै आएको छ । चिकित्सकका अनुसार घाउमा बेसार, खुर्सानी दल्ने चलन छ, त्यसले सङ्क्रमण झन बढ्ने जोखिम हुन्छ ।
शाकाहारी अनमोल केसी
अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...
सामान्य ज्ञान
...
साई अवतार नेपालमा
साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...
धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )
१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...
आहार योग
आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि) आहार योग पनि योगको नै...
